भलिबलको मुख्य प्रशिक्षकमा भट्ट नियुक्त
आइतबार, भदौ ९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भलिबलको मुख्य प्रशिक्षकमा जगदीश भट्टलाई नियुक्त गरेको छ। २०५४ सालमा सहायक प्रशिक्षकका रूपमा सेवा प्रवेश गरेका भट्टले १८ वर्षदेखि राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्।
प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास पाएपछि भट्टलाई जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए।