शुक्रबार, असोज १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

ओलम्पिक पदक अयोग्य फोगटको ‘ब्रान्ड भ्याल्यू’ले छोयो करोड

२०२४ अगस्ट २२, बिहिबार: ०२:५४ अपराह्नखेलपाटी संवाददाता

ओलम्पिक पदक अयोग्य फोगटको ‘ब्रान्ड भ्याल्यू’ले छोयो करोड
Classic Tech Internet Ad

काठमाडौं। भारतको लागि सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेर पनि पेरिस ओलम्पिक २०२४ मा पदक जित्न असफल भएकी विनेश फोगटलाई स्वदेश फर्कँदा ओलम्पिक च्याम्पियनलाई जस्तै भव्य स्वागत गरिएको थियो। 

उनको ‘ब्रान्ड भ्याल्यू’मा पनि उच्चतम वृद्धि भएको छ, भारु २५ लाखबाट बढेर १ करोडसम्म पुगेको छ। एसियन गेम्समा समान एक स्वर्ण र कांस्य तथा वर्ल्ड च्याम्पियनसिपमा दुई कांस्य जितेकी विनेशले पेरिस ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियनको पनि चुनौती समाप्त गर्दै फाइनल पुगेकी थिइन्। 

तर, फाइनलअघि शरीरको मापनमा एक सय ग्राम तौल बढी भएपछि उनको ओलम्पिक स्वर्ण जित्ने सपना चकनाचुर भएको थियो। उनी स्वर्णको प्रतिस्पर्धाबाट वञ्चित मात्रै भइनन्, कुस्तीको नियमानुसार रजतको लागि पनि अयोग्य भइन्। 

त्यसैले फाइनल पुगेर पनि पदकविहीन हुँदै फर्किनुपर्‍यो। कुस्ती संघका अध्यक्षविरुद्ध यौन हिंसाबारे आवाज बुलन्द गरेकी विनेशले पेरिसबाट रित्तो हात फर्के पनि भारतमा उनको तारिफ र सम्मान भइरहेको छ। 

यस क्रममै उनको इन्डोर्समेन्ट (व्यावसायिक प्रवर्द्धनका लागि गरिने सम्झौता) मूल्यमा रजत पदक विजेता नीरज चोपडा र दुई कांस्य जितेकी सुटर मनु भाकरको जस्तै उच्च वृद्धि भएको छ। २९ वर्षीया उनको ब्रान्ड भ्याल्यू पहिला प्रतिब्रान्ड वार्षिक भारु २५ लाख (नेपाली रुपैयाँ ४० लाख) थियो भने पेरिस ओलम्पिकपछि बढेर भारु ७५ लाखदेखि एक करोडसम्म (नेपाली रुपैयाँ एक करोड २० लाखदेखि एक करोड ६० लाखसम्म) पुगेको छ।

उनलाई इन्डोर्समेन्ट सम्झौताको लागि खाद्य, न्युट्रिसन, ज्वेलरी, बैंकिङ, शैक्षिकलगायतका १५ वटाभन्दा बढी कम्पनीको प्रस्ताव आएको इकोनोमिक टाइम्सले जनाएको छ। मनवीरसिंह फोगटको प्रशिक्षणमा हरियाणाको कुस्ती खेल्ने छोरीहरूको परिवारकी विनेश तेस्रोपल्ट ओलम्पिकमा सहभागी भएकी हुन्।  

पेरिस ओलम्पिकको पहिलोचरणमा सनसनीपूर्ण प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन तथा वर्ल्ड च्याम्पियन याई सुसाकी (जापान)लाई पराजित गरेकी थिइन्। त्यसपछि युक्रेन र सेमिफाइनलमा क्युवाका खेलाडीलाई हराएर फाइनल पुगेकी थिइन्। तर, फाइनल खेल्ने दिनको तौल मापनमा एक सय ग्राम बढी पाइएपछि उनी पदकविहीन मात्रै होइन, सबैभन्दा तल्लो वरीयतामा झर्नुपर्‍यो।

निराश हुँदै उनले कुस्तीबाट सन्न्यास घोषणा गरिन्। रजतपदक पाउनुपर्ने अपिलमा तटस्थ अदालतको फैसला पनि उनको पक्षमा भएन।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

Bajaj Pulsar Motorcycle Ad
राफिन्हा र जोआन एकै साथ घाइते

राफिन्हा र जोआन एकै साथ घाइते

आर्सनलका पूर्वखेलाडी बिल्लीको निधन

आर्सनलका पूर्वखेलाडी बिल्लीको निधन

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

बुस्केट्सले घोषणा गरे सन्न्यास

बुस्केट्सले घोषणा गरे सन्न्यास

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना