एनएसजेएफ स्पोर्ट्स अवार्ड भदौ २८ गते

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० आगामी भदौ २८ गते आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्ड कार्यक्रम काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। २१औं संस्करण अवार्ड आयोजनका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच सम्झौता भएको छ।
सम्झौतामा गोल्छा गु्रपको तर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गोल्छा ग्रुपले यसपल्ट नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एकजना विजेतालाई तथा अन्य चार विजेतालाई एनएस २०० बाइक प्रदान गर्नेछ। त्यस्तै, मञ्चलाई १२ लाख नगद रुपैया प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो।
नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो। यो वर्ष स्पोर्टस अवार्ड सँगै मञ्चले एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कंग्रेस पनि एकैसाथ आयोजना गर्न लागेको बुधबार सम्झौता कार्यक्रममा जनाइएको थियो। खेलकुद पत्रकार मञ्च एआईपीएस एसियाको सदस्य राष्ट्र हो। उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ। कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ।







-1762154705887.png&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)