गिललाई पछि पार्दै रोहित उक्लिए एकदिवसीय वरीयताको दोस्रो स्थानमा

काठमाडौं। भारतीय टोलीका सीमित ओभरका उपकप्तान शुभमन गिललाई पछि पार्दै भारतीय कप्तान रोहित शर्मा आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा एक स्थान माथि उक्लिएका छन्।
रोहित आईसीसीको एकदिवसीय वरियतामा दोस्रो स्थानमा पुगेका हुन्। यद्यपि, बाबर आजम भने पहिलो स्थानमा यथावत छन्। रोहितले भर्खरै श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय शृंखलामा दुई अर्धशतकसहित कुल १५७ रन बनाएका थिए।
उनीबाहेक अन्य कुनै भारतीय ब्याट्सम्यानले यो शृंखलामा अर्धशतक पनि बनाउन सकेनन्। जसका कारण रोहित ७६५ रेटिङ अंकका साथ वरीयतामा दोस्रो स्थानमा पुगेका छन्। शृंखलाअघि गिल ७८२ रेटिङ अंकका साथ दोस्रो स्थानमा थिए।
यद्यपि गिल रोहितभन्दा पछाडि छैनन्। वरीयतामा एक स्थान मात्र गुमाएका गिल अहिले ७६३ रेटिङ अंकसहित तेस्रो स्थानमा छन्। तर, वरियतामा पहिलो स्थानमा रहेका बाबर र दोस्रो स्थानमा रहेका रोहितबीच ठूलो खाडल छ। बाबरको ८२४ रेटिङ अंक छ।
विराट कोहलीका लागि श्रीलंका भ्रमण पनि खास रहेन। यसका बाबजुद उनको वरीयतामा कुनै परिवर्तन आएको छैन। उनी ७४६ रेटिङ अंकसहित चौथो स्थानमा यथावत छन्। तर, उनको रेटिङ अंक ६ ले गिरेको छ।
भारतविरुद्धको तीन खेलको घरेलु एकदिवसीय शृंखलामा १०१ रन बनाएका श्रीलंकाका ब्याट्सम्यान पथुम निसान्काले पनि एक स्थान सुधार गरेका छन्। निसान्का अहिले ७०८ रेटिङ अंकका साथ आठौं स्थानमा छन्।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)