शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

दशौं राष्ट्रिय खेलकुदको सय दिने 'काउन्ट डाउन' सुरु

शनिबार, साउन २६, २०८१खेलपाटी संवाददाता
दशौं राष्ट्रिय खेलकुदको सय दिने 'काउन्ट डाउन' सुरु
Classic Tech Internet Ad

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय दिने काउन्ट डाउन सुरु गरिएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेतमा विशेष कार्यक्रमको आयोजना गरेर कर्णाली प्रदेशमा यो वर्ष हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्ट डाउन सुरु गरेको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शनिबार प्रतियोगिताको सय दिने काउन्ट डाउनको उद्घाटन गरे ।

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा मंसिर २ देखि ९ गतेसम्म सञ्चालन गर्ने तयारी छ । सरकारले यसअघिनै मिति घोषणा गरेर प्रतियोगिताको तयारी अघि बढाएको थियो । 

प्रतियोगिता सञ्चालनका लागि सरकारले ६० करोड रुपैयाँ बजेट समेत चालू आर्थिक वर्षमा विनियोजन गरिसकेको छ । 

कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुदलाई केन्द्रित गरेर झण्डै ३ अर्ब रुपैयाँ बढी लगानीमा खेलकुद पूर्वाधारको कामलाई अन्तिम चरणमा पुर्याएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा खेलकुद पूर्वाधार निर्माणको कामलाई प्रदेश सरकारले अन्तिम चरणमा पुर्याएको हो । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न थोरै समय बाँकी रहेकाले काउन्ट डाउन बनाएर तयारी अघि बढाईएको बताए । उनले अब तालिका बनाएर सबै सरोकारवाला निकाय प्रतियोगिताको तयारीमा जुट्नुपर्ने उल्लेख गरे । 

'खेल पूर्वाधारको हिसाबले कुनै समस्या छैन । सहभागी खेल र खेल स्थलको विषयमा चाँडो निर्णय लिनुपर्नेछ ।' सन्जेलले भने, 'सरकारले बजेट समेत सुनिश्चित गरिसकेको छ । कतै कार्यान्वनयमा जटिलता भए त्यसको समाधान गरेर निर्धारित समयमै खेल आयोजना गर्नपर्छ ।'

प्रतियोगिता आउन सय दिन बाँकी रहदाँ आयोजक कर्णाली प्रदेशले संघीय सरकारको सुझाव अनुसार प्रतियोगिताको मस्कट र लोगो समेत प्रस्ताव गरेको छ । कार्यक्रममा कर्णाली प्रदेशको खेलकुद गित समेत सार्वजनीक गरिएको थियो । 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा