प्रि–सिजनमा इन्टरको पहिलो हार
बिहिबार, २४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। मुसा डायबीको दुई गोलसँगै अल इतिहाद क्लबले प्रि–सिजन मैत्रीपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ।
बिहीबार बिहान भएको खेलमा साउदी प्रो–लिग क्लब २–० ले विजय भएको हो। प्रि–सिजन मैत्रीपूर्ण खेलमा इन्टरको यो पहिलो हार हो।
इन्टर यसअघि पिसासँग १–१ को बराबरी खेल्दा लस पाल्मासलाई ३–० र पेर्गोलेटीजलाई २–१ ले पराजित गरेको थियो।
खेलको २५औं मिनेटमै मुसाले गोल गरेका थिए। ४७औं मिनेटमा अर्को गोल थप्दै उनले इतिहादलाई २–० को सहज दिलाए।







-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)







-1769236048505.jpeg&w=3840&q=75)
