बटलरले द हन्ड्रेड गुमाउने
आइतबार, साउन २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। जोस बटलर चोटका कारण द हन्ड्रेड प्रतियोगिताबाट बाहिरिएका छन्। बटलर म्यानचेस्टर ओरिजिनल्सको पहिलो तीन खेलको हिस्सा थिएनन्।
बटलरले टी–२० विश्वकपपछि छोटो ब्रेक लिएका थिए। त्यसपछि हन्ड्रेडको तयारी गर्दागर्दै उनी घाइते भए। बटलरले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, ‘यस वर्ष हन्ड्रेड गुमाउन निकै निराश महसुस गरिरहेको छु। बाँकी सिजनका लागि म्यानचेस्टर ओरिजिनल्सलाई शुभकामना। म सकेसम्म चाँडो शतप्रतिशत फिट हुने प्रयास गरिरहेको छु।’
ओरिजिनल्स पछिल्ला दुई संस्करणमा उपविजेता बनेको थियो।














