टोरेन्टो र मन्ट्रियल टाइगर्सले अंक बाँडे
शनिबार, १९ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल र मन्ट्रियल टाइगर्सले ग्लोबल ट्वान्टी-२० क्यानडा लिगमा अंक बाँडेका छन्।
शुक्रबार राति तय भएको खेल वर्षका कारण प्रभावित भएको थियो। त्यसैले खेल ६ ओभरमा झारिएको थियो। तर, दुई ओभर चलिरहँदा वर्षा पुन सुरु भएपछि दुवै टोलीले समान एक अंक बाँडेका हुन्।
योसँगै टाइगर्स चार खेलबाट सात अंकसहित शीर्ष स्थानमा छ। एक खेल बढी खेलेको टोरन्टो पाँच अंकसहित तेस्रो स्थानमा छ।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









