• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पेरिस ओलम्पिकको भव्य उद्घाटन
खेलपाटी संवाददाता
शनिबार, साउन १२, २०८१ खेलपाटी संवाददाता
पेरिस ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं। पेरिस ओलम्पिक– २०२४ को एक भव्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ। शुक्रबार औपचारिक उद्घाटन भए पनि केही खेलहरू भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ। फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेको छ।

ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशाला बाहिर पहिलो पटक भएको हो। सहभागी टोलीलाई डुङा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास्ट गराइएको थियो। पेरिसस्थित पोर्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास्ट विश्व चर्चित आइफल टावरमा पुगेर टुंगिएको थियो। कडा सुरक्षाबीच भएको उद्घाटन समारोहको मार्च पास्टका लागि ८५ डुङा प्रयोग गरिएको थियो।

मार्च पासमा नेपालको झन्डा श्यान्टु श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले बोकेका थिए। लैंगिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक– २०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पास्टमा राष्ट्रिय झन्डा बोक्न दिन सुरु गरेको हो। मार्च पास्टमा श्यान्टु र मनितासहित नेपालबाट ८ जना सहभागी थिए। 

नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी थिए। 

मार्चपासका लागि नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुंगामा राखिएको थियो। मार्च पास्ट सहभागी दुई सय ६ राष्ट्रका खेलाडी र अफिसियल गरी करिब सात हजार मात्र सहभागी थिए। फ्रान्सले एक सय वर्षपछि ओलम्पिक आयोजना गरेको हो। पछिल्लो पटक १९२४ को आठौं संस्करण पेरिस सहरमै भएको थियो। फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेस्रो पटक हो। सन् १९०० को ओलम्पिक पनि फ्रान्समै भएको थियो।

पेरिस ओलम्पिकको ३३ औं संस्करणमा नेपालबाट ६ खेलमा सात खेलाडी सहभागी छन्। तीन पुरुष र चार महिला खेलाडी सहभागी छन्। टेबल टेनिसमा श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्ने  छन्। पुरुष एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले भाग लिने छन्।

महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल, जुडोकी मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। सन्तोषीबाहेक सबै खेलाडी पेरिसमै छन्। सन्तोषी जुलाइ ३० तारिखमा पेरिस आइ पुग्ने छिन्। सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगस्ट ११ तारिखमा छ।

सातै नेपाली खेलाडीको यो ‘डुब्यु’ ओलम्पिक हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेयता टेबल टेनिस र ब्याडमिन्टनमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो। त्यसमा श्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुन लागेका हुन्। नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै श्यान्टुले पेरिस ओलम्पिक– २०२४ मा स्थान पक्का गरेका थिए। गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धि हात पार्ने श्यान्टु तेस्रो नेपाली खेलाडी हुन्। यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए।

पेरिस ओलम्पिकमा २ सय ६ राष्ट्रका करिब १० हजार ५ सय खेलाडीले ३ सय २९ स्पर्धामा प्रतिस्पर्धा गर्ने  छन्। प्रत्येक ४ वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक तीन वर्षमा भएको हो। ३२ औं संस्करणको टोकियो ओलम्पिक २०२० लाई तय भए पनि कोभिड– १९ का कारण २०२१ मा भएको थियो।

यसैबीच उद्घाटन समारोहको अघिल्लो दिन फ्रान्सस्थित नेपाली दूतावासले पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई स्वागत गर्दै सफलताका लागि शुभकामना दिएको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP