एसिया कप खेलेर फर्कियो महिला टोली
बिहिबार, १० श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। एसिसी महिला एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएको हो।
तेस्रोपल्ट एसिया कपमा सहभागी भएको नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। तर, पाकिस्तानसँग ९ र भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूहचरणबाट बाहिरिएको थियो।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









