• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सीमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं : मन्त्री थापा
खेलपाटी संवाददाता
बुधबार, साउन ९, २०८१ खेलपाटी संवाददाता
सीमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं : मन्त्री थापा

पोखरा। गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले सीमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन्।

प्रदेश खेलकुद परिषद् गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन्। परिषद्का अध्यक्षसमेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रूपमा स्थापित गर्न खेलकुद महत्त्वपूर्ण रहेको जनाउँदै भने, सबै क्षेत्रमा बजेट घटेको छ। हामी बजेट घट्यो भनेर चिन्ता गर्नुभन्दा सीमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु सशक्त रूपमा अघि बढौं।

बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रदेशको गौरव बढाउने विषयमा प्रदेश सरकार र मन्त्रालय गम्भीर रहेको धारणा अघि सार्दै कुनै पनि विकासका कार्यमा प्रतिकुल असर नपर्ने गरी सहयोग गर्न तयार रहेको बताए। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गर्न र आवश्यक खेल मैदान मर्मत सम्भारका कार्यहरू गर्नसमेत निर्देशन दिँदै चालु आर्थिक वर्षमा बजेटमा सम्बोधन हुन नसकेका कार्यक्रमहरूलाई समेत मन्त्रालयको तर्फबाट पहल गर्न आफूले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

सो अवसरमा परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले १०औं राष्ट्रिय खेलकुदमा नवौंको जस्तै गरी नतिजा ल्याउन परिषद् गम्भीर रूपमा अघि बढ्नु पर्ने सुझाव राख्दै प्रशिक्षण अभियानलाई तीव्रता दिनुपर्ने कुरामा जोड दिए। उनले सबै प्रदेशहरूले आफ्नै रंगशाला निर्माण कार्य अघि बढाइरहेकोले गण्डकी प्रदेशले समेत आफ्नै व्यवस्थित रंगशाला निर्माण कार्यका लागि पहल सुरु गर्नुपर्ने जनाए। उनले भने, “सबै प्रदेशमा आफ्नै रंगशाला निर्माणका प्रक्रिया अघि बढेका छन्। अब गण्डकी प्रदेशले त्यसको सुरुआत गर्नेछ। दक्ष खेलाडी उत्पादनका लागि समेत रंगशाला निर्माण कार्य महत्त्वपूर्ण छ।”

बैठकमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले जिल्लाहरूमा रहेका खेलकुद मैदानहरूको निर्माण खेलाडी उत्पादनका लागि महत्त्वपूर्ण रहेको जनाउँदै चालु बजेटले विगतमा जस्तै गरी सम्बोधन गरेको बताए। उपलब्ध बजेटको समुचित प्रयोग गरी खेलकुद विकासका लागि अघि बढ्न आग्रह गर्दै त्यसबाट लाभान्वित हुने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

बैठकमा परिषद्का सदस्य सचिव श्रीधर शर्माले गत आर्थिक वर्ष सम्पन्न कार्यक्रमहरू र चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रमहरूका बारेमा जानकारी दिएका थिए। बैठकमा गत वर्ष २०८०/०८१ को प्रगति समीक्षा र चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम र तयारीबारे सँगै १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको रणनीतिक तयारी थाल्ने गरी छलफल भएको परिषद्का महाशाखा प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए। बैठकमा परिषद् आर्थिक प्रशासन विभागका अधिकृत नीलकण्ठ ढकालले समेत आफ्ना भनाइ राखेका थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP