• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रोहित र शिखरले करिअर सक्काइदिएपछि बाटो फेरेका गम्भीर
खेलपाटी संवाददाता
बुधबार, साउन ९, २०८१ खेलपाटी संवाददाता
रोहित र शिखरले करिअर सक्काइदिएपछि बाटो फेरेका गम्भीर

काठमाडौं। सन् २००७ को ट्वान्टी–२० र २०११ को एकदिवसीय विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका गौतम गम्भीरले २००३ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

सन् २००७ देखि २०१२ सम्म उनी भारतीय टोलीका तीनवटै फर्म्याटका नियमित सदस्य रहे। सन् २०१३ देखि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनका लागि निकै प्रयास गरे। तर, रोहित शर्मा र शिखर धवनको ओपनिङ जोडी बनेपछि उनी टिम कम्बिनेसनको योजनामा परेनन्।

सन् २०१४ र २०१६ मा उनले इङ्ल्यान्ड र न्युजिल्यान्डविरुद्ध चार टेस्ट खेले। यद्यपि, उनी पुनरागमन गर्न असफल रहे। कोलकाता नाइट राइडर्सको कप्तानी गर्दै उनले सन् २०१२ र २०१४ मा दुई पटक आइपिएलको उपाधि पनि जिते।

गम्भीरले यस अवधिमा घरेलु क्रिकेट पनि जारी राखे र अन्ततः डिसेम्बर २०१८ मा आन्ध्रविरुद्ध रणजी खेलपछि प्रतिस्पर्धी क्रिकेटबाट पूर्ण रूपमा सन्न्यास लिए। त्यसयता उनी सांसद, कमेन्टेटर र आइपिएल टिमका मेन्टरको भूमिकामा देखिए। 

सन्न्यास लिएपछि गम्भीर सबैभन्दा पहिले राजनीतिमा लागेका थिए। उनी मार्च २०१९ मा भारतको सत्तारुढ राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा) मा सामेल भए। भारतमा सोही वर्षको मे महिनामा आम निर्वाचन हुने तय भयो।

गम्भीरले राजधानी दिल्लीको पूर्वी लोकसभा सिटबाट भाजपाको टिकट पाएका थिए। गम्भीरले त्यहाँबाट करिब सात लाख मतले विजय हासिल गरे र सन् २०२४ सम्म सांसद बने।

यस अवधिमा गम्भीरले आफ्नो लोकसभा निर्वाचन क्षेत्रमा धेरै काम गरे, जसमध्ये सबैभन्दा प्रमुख काम कोभिड-१९ को समयमा आफ्नो दुई वर्षको सांसद तलब कोरोना कोषमा सहयोग गर्नुथियो। यद्यपि, पाँच वर्षसम्म सांसद भएपछि गम्भीरले मार्च २०२४ मा राजनीतिबाट पनि सन्न्यास लिए र अर्को आम चुनावमा भाग लिएनन्।

प्रतिस्पर्धात्मक क्रिकेटबाट सन्न्यास लिएपछि गम्भीरले कमेन्ट्री र मिडिया प्यानलिस्टको पनि सहारा लिएका थिए, जहाँ उनी लगातार खेलाडी, प्रशासक र छनोटकर्ताका बारेमा आफ्नो स्पष्ट बयान र तीक्ष्ण विचारका कारण चर्चामा रहे।

गम्भीरले यो काम सन् २०२१ सम्म नियमित रूपमा गरेका थिए, जबसम्म उनी नयाँ आएको आईपीएल टोली लखनउ सुपर जायन्ट्सको मेन्टर बनेनन्। मेन्टर बनेपछि कमेन्ट्रीमा उनको उपस्थिति कम हुन थाल्यो।

यद्यपि, यस समयमा गम्भीरमाथि लगातार आलोचना भइरहेको थियो। सांसद भएको समयमा देशविदेश घुमफिर गरेको र नियमित कमेन्ट्री गरेको भन्दै उनको विरोध हुन थाल्यो।

उनी आफ्नो क्षेत्रभन्दा बाहिर गएको भन्दै चर्को आलोचना पनि भयो। तर, गम्भीरले आफ्नो गैरसरकारी संस्था र सामुदायिक भान्सा (गम्भीरको रसोई) नियमित रुपमा चल्न सकोस् र यसमा कुनै समस्या नहोस् भनेर आफूले यस्तो गरेको बताएका थिए।

गम्भीरले सन् २०२२ र २०२३ को आइपिएल सिजनमा लखनउलाई मेन्टर गरेका थिए र उनको नेतृत्वमा टोली दुवै पटक प्लेअफमा पुगेको थियो। सन् २०२४ को आइपिएलमा उनले आफ्नो पुरानो टिम कोलकाता नाइट राइडर्समा पुनरागमन गरेका थिए र आफ्नो मेन्टरसिपको क्रममा टिमलाई उपाधि दिलाएका थिए।

त्यसयता भारतीय टोलीको प्रशिक्षक बन्ने चर्चा चुलिएको थियो। यसअघि सन् २०१८ को आइपिएलको अन्तिम सिजनमा गम्भीरले कप्तानीबाट राजीनामा दिएका थिए र आफू टिमको मेन्टर रहने बताएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि गम्भीरले लिजेन्ड्स क्रिकेट खेल्दै आएका थिए। सन् २०२३ को डिसेम्बरमा उनले अन्तिम पटक लिजेन्ड्स लिग क्रिकेट खेलेका थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP