सुटिङ संघलाई खेल सामाग्री हस्तान्तरण
आइतबार, १० असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले नेपाल सुटिङ संघलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ । शुटिङ्गका पूर्व सदस्य राजु दर्शनको सहयोजकत्वमा साउथ कोरियका कोच ह्वाङ्ग इन कवाङ्गद्धारा उपलब्ध गराइएको सामाग्री ओलम्पिक भवनमा हस्तान्तरण गरिएको हो ।
कोरियामा भएको ईन्चोन एशियन गेम्समा ह्वाङ्ग इन कवाङ्गले नेपाली शुटिङ्ग खेलाडीलाई प्रशिक्षको रुपमा प्रशिक्षण दिएका थिए । कवाङ्गले ईण्डोनेशियाको जाकार्तामा हुने आगामी एशियन गेम्सका लागि नेपाली शुटिङ्ग खेलाडीलाई शुभकामना सहित सहयोगको वचन दिएका थिए ।
सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा मेडिकल कमिशनमा अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठ उपस्थित थिए ।












%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
