• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सेमिफाइनल पुग्न आमुन्नेसामुन्ने हुँदै नेपाल र भारत
खेलपाटी संवाददाता
मंगलबार, साउन ८, २०८१ खेलपाटी संवाददाता
सेमिफाइनल पुग्न आमुन्नेसामुन्ने हुँदै नेपाल र भारत

काठमाडौं। एसिसी महिला एसिया कपमा मंगलबार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदैछन्। दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ। 

खेल नेपाली समयअनुसार साँझ ७: १५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा भारतले ३५ बल बाँकी रहँदै पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ७८ रनले पराजित गर्दै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको थियो।

यो खेलमा भारतले पहिलोपल्ट ट्वान्टी–२० आईमा २०० रनको योगफल बनाएको थियो। अहिलेसम्म भारतीय टोली यस प्रतियोगिताको दाबेदार देखिएको छ। नेपाललाई पराजित गरे भारतले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। 

शेफाली वर्माका लागि यो प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट रहेको छ। दुवै खेलमा उनले आक्रामक ब्याटिङ गर्दै भारतीय टोलीलाई द्रुत सुरुआत दिलाएकी छन्। तर, उनले दुवै खेलमा अर्धशतक बनाउन सकिनन्। अहिलेसम्मका दुई खेलमा शेफालीले ३८.५० को औसतमा ७७ रन बनाएकी छन्।

नेपालले युएईलाई हराउँदै एक मात्र जित हात पारेको छ। सन् २०१२ र २०१६ को प्रतियोगितामा आठ खेल खेलेपनि नेपालले कुनै जित हासिल गर्न सकेको थिएन। तर, शुक्रबार सम्पन्न खेलमा नेपालले २३ बल बाँकी छदै युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कपमा ऐतिहासिक जित हासिल गरेको थियो। तर, दोस्रो खेलमा भने नेपालले त्यो लय समात्न सकेन।

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो। तर, फिल्डर फिल्डिङमा र बलर लाइन तथा लेन्थमा चुक्दा नेपाल नौ विकेटले पराजित हुन पुगेको थियो। भारविरुद्धको खेलमा नेपाल त्यो क्षेत्रमा सुधार गर्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ।

नेपाली टोलीकी ओपनर सम्झना खड्का प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन्। उनले दुई खेलमा १५२ को स्ट्राइक रेट र ७६.०० को औसतमा ७६ रन बनाएकी छन्। जसमा यूएईविरुद्ध उनको ७२ रनको अपराजित इनिङ्स पनि समावेश छ।

भारतसँग जित हासिल गरेर मात्रै नेपाल सेमिफाइनलमा पुग्दैन। मंगलबार नै हुने पहिलो खेलमा युएईले पाकिस्तानलाई पराजित गरेमात्रै नेपालले अन्तिम चारमा स्थान बनाउने छ। अन्यर्था नेपाल समूहचरणबाटै बाहिरिने छ।

टोली:
भारत: हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), अरुन्धती रेड्डी, शोभना आशा, ऋचा घोष, उमा क्षेत्री, जेमिमाह रोड्रिग्स, दिप्ती शर्मा, राधा यादव, रेणुका सिंह, पूजा वस्त्रकार, शेफाली वर्मा, श्रेयंका पाटिल, सञ्जेभान सजना, दयालन हेमलता

नेपालः रोमा थापा (विकेटकिपर ब्याट्सम्यान), सम्झना खड्का, पूजा महतो, काजल श्रेष्ठ (विकेटकिपर ब्याट्सम्यान), इन्दु बर्मा (कप्तान), कविता कुँवर, कविता जोशी, सीता रानामगर, विन्दु रावल, रुबिना क्षेत्री, कृतिका मरासिनी, राजमती ऐरी, डली भट्ट, ममता चौधरी

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP