नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य
आइतबार, साउन ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। तल्लोक्रमकी कविता जोशीले सम्हालिएर ब्याटिङ गरेसँगै नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको हो।
नेपालका लागि कविताले अविजित रहँदै सर्वाधिक ३१ रन बनाइन्। २३ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन्। उनले छैटौं विकेटका लागि पूजा महतोसँग ३२ बलमा ३४ रनको साझेदारी गरेकी थिइन्।
सीता रानामगर २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भइन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पाकिस्तानकी सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन्। यस्तै, फातिमा सानाको नाममा एक विकेट रह्यो।