मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

अजलको अर्को राष्ट्रिय कीर्तिमान

सोमबार, असार २५, २०८१खेलपाटी संवाददाता
अजलको अर्को राष्ट्रिय कीर्तिमान
Classic Tech Internet Ad

काठमाडौं। अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् । अनुभवको नाममा ५९.७७ सेकेन्डको कीर्तिमान थियो ।

यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए । अजलले २६ औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।

प्रतियोगितामा जम्मा ३ राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए । दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३ औं दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए । कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत ५ हजारका दरले नगद पुरस्कार पाए ।

प्रतियोगितामा १ सय ६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोश्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेश्रो बने । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव इश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा भारतेको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । दुईदिने प्रतियोगितामा ३ सय ५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

पौडीमा विश्व कीर्तिमान बनाउन  ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

पौडीमा विश्व कीर्तिमान बनाउन ०.१८ सेकेन्डले चुकिन् म्याकइन्टस

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने

Bajaj Pulsar Motorcycle Ad
रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट