मंगलबार, असोज २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

प्रमोस्नल र्‍याली सम्पन्न

मंगलबार, असार १९, २०८१खेलपाटी संवाददाता
प्रमोस्नल र्‍याली सम्पन्न
Classic Tech Internet Ad

काठमाडौं। बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोस्नल र्‍याली सम्पत्र भएको छ। बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको सो र्यालीको व्यवस्थापन नासा फाउन्डेसनले गरेको थियो। 

र्‍यालीका सहभागीहरुले बागमती प्रदेशका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरुको अध्ययन र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ तथा स्पोर्ट्स टुरिजममार्फत गर्न सकिने आवश्यक कार्यको वारेमा विवरण संकलन गर्नुका साथै विभिन्न स्थानमा प्रवर्धनात्मक कार्यक्रमसमेत आयोजना गरेको छ।

यही असार ३ गते ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरबाट आठ दिनका लागी सुरु भएको र्यालीले पहिलो दिन नगरकोट, दोलालघाट, सुकुटे बीच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेको छ भने उक्त र्याली का सहभागिहरुले विभिन्न अध्ययन, छलफल तथा प्रवर्धनात्मक कार्यक्रम गरेका छन्। सो अवसरमा सहभागिहरुले नगरकोटमा होटल व्यवसायीसँग छलफल गरे भने दोलालघाट, सुकुटे बीच, मुढे आदि स्थानमा भएका विभिन्न पर्यटकीय स्थलको वारेमा विवरण संकलन गर्नुका साथै यी स्थानहरुमा गाडीको खेल अटोक्रसको परीक्षण–खेल समेत आयोजना गरेका छन्। त्यसैगरी सहभागी टोलीले सुकुटे बीचमा बीच भलिबलको सांकेतिक प्रतियोगिता समेत गरेका छन्।

र्यालीको दोस्रो दिनहुँदै क्रमसः दोलखाको कालिन्चोकमा पुगेर कालिन्चोक केबुलकार र कालिन्चोक भगवती मन्दिरको बारेमा आवश्यक अध्ययन गर्नुका सथै कालिन्चोक दर्शन लिमिटेडका स्टेसन म्यानेजर तिलक दुलाल र कालिन्चोक भगवती मन्दिर क्षेत्रका स्थानीयसँग विभिन्न जानकारी लिएका छन्। कुरी लगायतका स्थानहरुमा पुग्न उपयुक्त सवारी साधनहरुको प्रयोग र अध्ययनका साथै यी स्थानहरुमा स्नो स्किइङ मार्पmत खेल पर्यटनको ठुलो सम्भावनालाई समेत उजागर गरेका छन्।

चरिकोटका सांस्कृतिक अभियन्ता शान्त कृष्ण श्रेष्ठ र अन्य विभिन्न व्यक्तिसँग दोलखा जिल्लाका पर्यटकीय स्थलको वारेमा जानकारी लिइएको छ। दोलखाको सदरमुकामबाट तामाकोशी हुँदै किर्नेटार, खिम्ती लगायतका विभिन्न मनोरम स्थलको अध्यन, अवलोकन गर्दै रामेछापको सदरमुकाम मन्थलीमा ट्राफिक प्रहरी र अन्य निकायसँग बागमती भ्रमण वर्षको वारेमा सञ्चालन गरिएको विभिन्न गतिविधि वारेमा जानकारी आदानप्रदान गरि प्रचार प्रसार समेत गरेका छन्। 

सिन्धुली गढी र मकवानपुर गढीका वारेमा आवश्यक विवरण संकलन गरिनुका साथै हेटौंडाको मनकामना मन्दिर लगायत धार्मिक तथा ऐतिहासिक स्थलमा गाडी, मोटरसाइकल तथा साइक्लिङका गतिविधि गरी यी पर्यटकिय गन्तव्यहरुको सम्भावना बारे अध्ययन गरेका छन्।

कुलेखानी, मार्खु र चित्लाङ लगायतका पर्यटकीय स्थलका साथै चितवनको सौराहामा अवस्थित हात्तिपालन सम्बन्धी आवश्यक जानकारी लिनुका साथै नारायणी नदी किनारामा चलिरहेको पावर बोट सम्बन्धमा आयुष्मा मोटर बोट कम्पनीका अध्यक्ष विजय चन्द्र अधिकारीसँग आवश्यक जानकारी लिइयो। 

त्यसैगरी त्रिशुली नदीमा चल्ने ¥याफ्टिङको वारेमा रिभर साइड रिसोर्टका सञ्चालकहरुसँग आवश्यक जानकारी संकलन गरिएको छ भने नुवाकोट दरवार, देवीघाट र बेत्रावती सन्धिस्थल वारेमा समेत आवश्यक विवरण संकलन गरि प्रवर्धनात्मक कार्यक्रम समेत गरेका छन्। नुवाकोट दरवार र यसको सेरोफेरोको वारेमा स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, नुवाकोटका प्रमुख सुनिल पाण्डेसँग महत्वपूर्ण विवरण संकलन गरिएको छ भने एस क्षेत्र का वरी–परी हाईकिङ्ग गरी सो को सम्भावना बारे समेत उजागर गरिएको छ। 

यी वाहेक काठमाडौं उपत्यकामा रहेका विभिन्न धार्मिक र पर्यटकीय स्थलको वारेमा समेत विवरण संकलन गरिएको छ भने ड्राईभ टुरिजम अन्तरगत विभित्र स्थानमा र्याली समेत आयोजना गरेको छ। 

सहभागीहरुले संकलन गरेको प्रचार प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा पेश गरिको छ। यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचार प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तायार पार्ने र बागमती प्रदेशका ठूला शहरबाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत पुग्न सिकिने विभिन्न गन्तव्यहरुलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको र्‍यालीका संयोजक सन्तोष न्यौपानेले बताए।

यस कार्यक्रमले बागमती प्रदेशमा रहेका विभित्र पर्यटकीय एवं धार्मिक स्थलहरुको पहिचान हुनेछ। यसले देशको राजधानी साथै प्रदेशका ठूला शहरबाट नजिकै रहेका तर ओझेलमा परेका पर्यटकीय स्थललाई ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ अर्थात सामान्य गाडी तथा मोटरसाइकलमै अवलोकन गर्न सकिने विषयलाई सहज तरिकाले प्रस्तुत एवं प्रवर्धन गर्नेछ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

विश्वकपमा ओमानको स्थान लगभग पक्का

विश्वकपमा ओमानको स्थान लगभग पक्का

एन्फामा  ‘अर्ली इलेक्सन’को माग

एन्फामा ‘अर्ली इलेक्सन’को माग

रोहितको कप्तानीमा नेपालले शतकीय खेल खेल्दै

रोहितको कप्तानीमा नेपालले शतकीय खेल खेल्दै

अब अर्को टोलीबाट खेल्दा ‘रिलिज लेटर’ लिनुपर्ने

अब अर्को टोलीबाट खेल्दा ‘रिलिज लेटर’ लिनुपर्ने

 मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

चाँढै विश्वकपमा पुग्न चाहन्छ नेपाल

चाँढै विश्वकपमा पुग्न चाहन्छ नेपाल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल