लुम्बिनीलाई हराउँदै बागमती च्याम्पियन
२०२४ जुन २९, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा लुम्बिनीलाई ३-० को सोझो सेटमा पराजित गर्दै बागमती च्याम्पियन बनेको हो।
बागमतीले खेल २५-२१, २५-१६ र २५-१८ को सेटमा जित्यो। उपाधिसँगै बागमतीले तीन लाख रुपैयाँ नगद प्राप्त गरेको छ। पराजित लुम्बिनीले भने दुई लाख रुपैयाँमा चित्त बुझायो। बागमतीले समूह चरणको सबै खेल जितेको थियो।