बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्सले प्रशिक्षकबिना पेरिस ओलम्पिक खेल्ने

बिहिबार, असार १४, २०८१खेलपाटी संवाददाता
प्रिन्सले प्रशिक्षकबिना पेरिस ओलम्पिक खेल्ने
Classic Tech Internet Ad

काठमाडौं। प्रिन्स दाहाल विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित् बृहत् प्रतियोगिता ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालका पहिलो ब्याडमिन्टन खेलाडी हुँदैछन्। तर, उनी प्रशिक्षकबिना नै पेरिस ओलम्पिक २०२४ मा खेल्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

आईओसी (इन्टरनेसनल ओलम्पिकट कमिटि) ले पेरिस ओलम्पिक २०२४ को लागि खेलाडी र प्रशिक्षकको नाम दर्ता (लङ लिस्टको लागि) गर्ने अन्तिम मिति २८ मार्च, २०२४ तोकेको थियो। उक्त अवधिमा एनओसी (नेपाल ओलम्पिक कमिटि) ले ब्याडमिन्टन प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सलाई प्रशिक्षकबिना नै ओलम्पिक खेल्नुपर्ने अवस्था आइपरेको हो।

‘प्रशिक्षकको नाम दिनको लागि नेपाल ब्याडमिन्टन संघलाई बारम्बार भनेका थियौं, तर संघले नाम दिएन,’ एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भने, ‘त्यसैले हामीले पेरिस ओलम्पिक २०२४ को लागि ब्याडमिन्टन प्रशिक्षकको नाम दर्ता गर्न पाएनौं।’ जुनियरमा विश्व नम्बर १ भएका प्रिन्स २० वर्षयता ओलम्पिकमा प्रशिक्षकबिना प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनेछन्।

१९ वर्षीय प्रिन्सले युनिभर्सालिटी कोटामा पेरिस ओलम्पिक खेल्ने लगभग डेढ महिनाअघि निश्चित भएको थियो। अहिले उनी राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक (ब्याडमन्टन) सुदीप योन्जन र इन्डोनेसियन प्रशिक्षक टोनी वाहयुदीसँग कोलम्बो, श्रीलंकामा ट्रेनिङ गरिरहेका छन्। उनी १० जुलाईमा स्वदेश फर्किनेछन्।

प्रिन्ससहित १० खेलका १० खेलाडीले ओलम्पिक छात्रवृत्ति पाएका थिए। प्रिन्स (ब्याडमिन्टन), पायस योन्जन (फेन्सिङ), सुयोग कपाली (टेबलटेनिस), युनिशा राई (तेक्वान्दो), दीपक लामा (बी बोइङ), सुवास तामाङ (गल्फ), मनिता श्रेष्ठ प्रधान (जुडो), सुस्मिता नेपाल (सुटिङ), नासिर याहया हुसैन (पौडी) र सागर भण्डारी (भारोत्तोलन) लाई ओलम्पिक छात्रवृत्तिअन्तर्गत दुई वर्षका लागि प्रशिक्षण र प्रतियोगिता खेल्न मासिक सात सय ५० अमेरिकी डलर दिइएको थियो।

त्यसमध्ये प्रिन्स, सुस्मिता र मनिताले ओलम्पिक खेल्ने अवसर पाएका छन्। टेबलटेनिसका स्यान्टु श्रेष्ठ छनोट पार गर्दै ओलम्पिक यात्रा तय गर्ने तेस्रो नेपाली भएका छन्। पौडीमा डुआना लामा र अलेक्जेन्डर शाह, एथलेटिक्समा धाविका सन्तोषी श्रेष्ठको पनि पेरिस यात्रा निश्चित भएको छ। त्यसैले पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले ६ खेलमा प्रतिस्पर्धा गर्ने छन्।

एथलेटिक्स र टेबलटेनिसमा पनि अनिश्चित
पेरिस ओलम्पिक २०२४ सुरु हुन एक महनिा पनि बाँकी छैन। तर, एथलेटिक्स र टेबलटेनिसमा पेरिस जाने नेपाली प्रशिक्षकको टुंगो अहिलेसम्म लागेको छैन।

‘संघले तोकिएको मितिभन्दा ढिला प्रशिक्षकको नाम दिए,’ एनओसी कार्यकारी सचिव श्रेष्ठले भने, ‘हामीले आईओसीलाई प्रशिक्षकको नाम दर्ता गरिदिन अनुरोध गरेका छौं, तर उसले मानेको छैन।’ एथलेटिक्समा कान्तिकुमारी यादव महतो र टेबलटेनिसमा राजेन्द्र कपाली सिफारिस गरिएको छ।

एनओसीले सम्बन्धित संघको सिफारिसमा पठाइका तीन खेलका प्रशिक्षकको भने पेरिस ओलम्पिकको यात्रा पक्का भइसकेको छ, जसमा पौडीकी नयना शाक्य, जुडोकी देवु थापा र सुटिङका प्रदीप खाती छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर

तुर्केमेनिस्तानसँग रोकियो नेपाल, एसियन कपमा पुग्ने सम्भावना कमजोर

फ्रिडम फाइटर ‘बी’ लाई उपाधि

फ्रिडम फाइटर ‘बी’ लाई उपाधि

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

वीरबहादुरले महासचिव राईलाई भने– स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउँछु

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

पहिलो हाफमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ