सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्सले प्रशिक्षकबिना पेरिस ओलम्पिक खेल्ने

बिहिबार, १३ असार २०८१खेलपाटी संवाददाता
प्रिन्सले प्रशिक्षकबिना पेरिस ओलम्पिक खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। प्रिन्स दाहाल विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित् बृहत् प्रतियोगिता ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालका पहिलो ब्याडमिन्टन खेलाडी हुँदैछन्। तर, उनी प्रशिक्षकबिना नै पेरिस ओलम्पिक २०२४ मा खेल्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

आईओसी (इन्टरनेसनल ओलम्पिकट कमिटि) ले पेरिस ओलम्पिक २०२४ को लागि खेलाडी र प्रशिक्षकको नाम दर्ता (लङ लिस्टको लागि) गर्ने अन्तिम मिति २८ मार्च, २०२४ तोकेको थियो। उक्त अवधिमा एनओसी (नेपाल ओलम्पिक कमिटि) ले ब्याडमिन्टन प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सलाई प्रशिक्षकबिना नै ओलम्पिक खेल्नुपर्ने अवस्था आइपरेको हो।

‘प्रशिक्षकको नाम दिनको लागि नेपाल ब्याडमिन्टन संघलाई बारम्बार भनेका थियौं, तर संघले नाम दिएन,’ एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भने, ‘त्यसैले हामीले पेरिस ओलम्पिक २०२४ को लागि ब्याडमिन्टन प्रशिक्षकको नाम दर्ता गर्न पाएनौं।’ जुनियरमा विश्व नम्बर १ भएका प्रिन्स २० वर्षयता ओलम्पिकमा प्रशिक्षकबिना प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनेछन्।

१९ वर्षीय प्रिन्सले युनिभर्सालिटी कोटामा पेरिस ओलम्पिक खेल्ने लगभग डेढ महिनाअघि निश्चित भएको थियो। अहिले उनी राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक (ब्याडमन्टन) सुदीप योन्जन र इन्डोनेसियन प्रशिक्षक टोनी वाहयुदीसँग कोलम्बो, श्रीलंकामा ट्रेनिङ गरिरहेका छन्। उनी १० जुलाईमा स्वदेश फर्किनेछन्।

प्रिन्ससहित १० खेलका १० खेलाडीले ओलम्पिक छात्रवृत्ति पाएका थिए। प्रिन्स (ब्याडमिन्टन), पायस योन्जन (फेन्सिङ), सुयोग कपाली (टेबलटेनिस), युनिशा राई (तेक्वान्दो), दीपक लामा (बी बोइङ), सुवास तामाङ (गल्फ), मनिता श्रेष्ठ प्रधान (जुडो), सुस्मिता नेपाल (सुटिङ), नासिर याहया हुसैन (पौडी) र सागर भण्डारी (भारोत्तोलन) लाई ओलम्पिक छात्रवृत्तिअन्तर्गत दुई वर्षका लागि प्रशिक्षण र प्रतियोगिता खेल्न मासिक सात सय ५० अमेरिकी डलर दिइएको थियो।

त्यसमध्ये प्रिन्स, सुस्मिता र मनिताले ओलम्पिक खेल्ने अवसर पाएका छन्। टेबलटेनिसका स्यान्टु श्रेष्ठ छनोट पार गर्दै ओलम्पिक यात्रा तय गर्ने तेस्रो नेपाली भएका छन्। पौडीमा डुआना लामा र अलेक्जेन्डर शाह, एथलेटिक्समा धाविका सन्तोषी श्रेष्ठको पनि पेरिस यात्रा निश्चित भएको छ। त्यसैले पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले ६ खेलमा प्रतिस्पर्धा गर्ने छन्।

एथलेटिक्स र टेबलटेनिसमा पनि अनिश्चित
पेरिस ओलम्पिक २०२४ सुरु हुन एक महनिा पनि बाँकी छैन। तर, एथलेटिक्स र टेबलटेनिसमा पेरिस जाने नेपाली प्रशिक्षकको टुंगो अहिलेसम्म लागेको छैन।

‘संघले तोकिएको मितिभन्दा ढिला प्रशिक्षकको नाम दिए,’ एनओसी कार्यकारी सचिव श्रेष्ठले भने, ‘हामीले आईओसीलाई प्रशिक्षकको नाम दर्ता गरिदिन अनुरोध गरेका छौं, तर उसले मानेको छैन।’ एथलेटिक्समा कान्तिकुमारी यादव महतो र टेबलटेनिसमा राजेन्द्र कपाली सिफारिस गरिएको छ।

एनओसीले सम्बन्धित संघको सिफारिसमा पठाइका तीन खेलका प्रशिक्षकको भने पेरिस ओलम्पिकको यात्रा पक्का भइसकेको छ, जसमा पौडीकी नयना शाक्य, जुडोकी देवु थापा र सुटिङका प्रदीप खाती छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य