आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्रीले भने, ‘आठौँ राष्ट्रिय खेलकुद समयमा गर्नुस, बजेट सरकारले दिन्छ’

आइतबार, पुष २९, २०७५खेलपाटी संवाददाता
प्रधानमन्त्रीले भने, ‘आठौँ राष्ट्रिय खेलकुद समयमा गर्नुस,  बजेट सरकारले दिन्छ’
Classic Tech Internet Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्न निर्देशन दिएका छन् । शनिबार राति सरकारी निवास बालुवाटारमा खेलकुद मन्त्री जगतबहादुर सुनार सहित राखेप पदाधिकारीसंग भेट गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न अपुग बजेट सरकारले तत्काल निकाशा गर्न तयार रहेको बताएका हुन् ।

‘निर्धारित समयमै प्रतियोगिता आयोजना गर्ने गरि काममा लाग्नुहोस । अपुग बजेटको निकाशा चाँडै हुन्छ । १३ औ साग राष्ट्रको प्रतिष्ठासंग जोडिएको छ । त्यसलाई समेत समयमै गर्नुस ।’ प्रधानमन्त्री ओलीको भनाई उद्वित गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्टले खेलपाटीसंग भने ।

नेपाली खेलकुदको अवस्थाका बिषयमा जानकारी लिन प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री सहित राखेप पदाधिकारीलाई बैठकमा बोलाएका थिए । छलफलमा खेलकुद मन्त्री सुनार सहित राखेप सदस्य सचिव विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिना सहभागि थिए ।

भेटमा सदस्य सचिव विष्टले फागुनको अन्तिम साता आठाैँ राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरिएको जानकारी दिदैँ समयमै बजेट निकासा गरिदिन आग्रह गरेका थिए ।
छलफलको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले खेलकुदको वर्तमान अवस्था र सरकारले गर्न सक्ने सहयोगको बिषयमा जिज्ञासा राखेका थिए । उनले आठाैँ राष्ट्रिय खेलकुद, १३ औ सागका तयारी, खेलकुद संघ भित्रका विवाद, एन्फा भित्रको भ्रष्टाचार लगायतका बिषयमा समेत प्रश्न गरेका थिए ।

जवाफमा सदस्य सचिव विष्टले एन्फाभित्र भ्रष्टाचारको बिषयमा उजुरी परेको जानकारी दिदै स्पष्टिकरण सोध्ने काम अघि बढेको बताएका थिए ।

‘खेल संघ भित्रका विवादका बिषयमा प्रधानमन्त्रीले जिज्ञासा राख्नुभएको थियो । एन्फाको बिषयमा दुई वटा उजुरी परेको छ । स्पष्टिकरण सोधेको छु । जवाफ आएको छैन । चित्त बुझ्दो जवाफ नआए छानविन समिति गठन गर्छु भनेको छु ।’ सदस्य सचिव विष्टले भने ।

प्रधानमन्त्री ओलीले संघ भित्रको विवाद मिलाउने काममा अघि बढ्न सुझाव दिदै दोषी देखिए कारबाही गर्न निर्देशन दिएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

एरिका सम्मानित

एरिका सम्मानित

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक