इङ्ल्यान्डसँग ओमान १९ बलमै पराजित

काठमाडौं। बलरको उत्कृष्ट प्रदर्शनसँगै इङ्ल्यान्डले आइसिसी ट्वान्टी–२० विश्वकपमा ओमानलाई १९ बलमै पराजित गरेको छ।
शुक्रबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको हो। ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३.१ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनायो। कप्तान जोस बटलरले ३०० को स्ट्राइक रेटमा २४ रन बनाए।
उनले अविजित रहँदै आठ बलमा चार चौका र एक छक्का प्रहार गरे। फिल साल्ट १२ र विल ज्याक्स पाँच रनमा आउट हुँदा जोनी बेयरस्टो आठ रनमा अविजित रहे। ओमानका बिलाल खान र कलीमउल्लाहले समान एक विकेट लिए।
इङ्ल्यान्डका लागि खेल एकतर्फी रह्यो। स्कटल्यान्ड भन्दा राम्रो रनरेट बनाउन इङ्ल्यान्डले ५.१ ओभरमै खेल जित्नुपर्ने थियो। तर, इङ्ल्यान्डले ३.१ ओभर अर्थात १९ बलमा लक्ष्य पूरा गर्यो। एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको ओमानका १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन्।
इङ्ल्यान्डका स्पिनर आदिल रसिदले सर्वाधिक चार विकेट लिए। मार्क वुड र जोफ्रा आर्चरले समान तीन विकेट लिए।
समूह बी बाट एक खेल्न बाँकी अस्ट्रेलियाले शतप्रतिशत जितसहित सुपर एटमा स्थान बनाइसकेको छ।
जितसँगै तीन खेलमा तीन अंक जोडेको इङ्ल्यान्डको पनि सुपर एटमा पुग्ने सम्भावना बढेको छ। इङ्ल्यान्डले समूह चरणको अन्तिम खेल शनिबार नामिबियासँग खेल्ने छ।
एक खेल खेल्न बाँकी स्कटल्यान्डको पाँच अंक छ। स्कटल्यान्डले समूह चरणको अन्तिम खेल आइतबार अस्ट्रेलियासँग खेल्ने छ। नामिबियासँग जिते र अस्ट्रेलियाले स्कटल्यान्डलाई पराजित गरे इङ्ल्यान्ड रनरेटको आधारमा सुपर एटमा पुग्ने छ। तर, अस्ट्रेलिया र स्कटल्यान्डबीचको खेल नतिजाविहीन भए या स्कटल्यान्ड विजयी भए इङ्ल्यान्ड समूह चरणबाटै बाहिरिने छ।
समूह बी बाट दुई अंक जोडेको एसोसिएट राष्ट्र नामिबिया र अंकविहीन रहेको ओमान प्रतियोगिताबाट बाहिरिसकेका छन्। ओमान चार खेलमै जितविहीन रह्यो।





-1777639738077.jpeg&w=3840&q=75)



-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)



-1777647615809.jpeg&w=3840&q=75)