अर्शदीपको घातक बलिङ, भारतलाई १११ रनको लक्ष्य
बुधबार, ३० जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। अर्शदीप सिंहको घातक बलिङसँगै आसीसी टी२० विश्वकप अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनायो। नीतीश कुमारले सर्वाधिक २७ रन बनाए।
स्टीभन टेलर २४, कोरी एन्डर्सन १५ र कप्तान अरोन जोन्सन ११ रनमा आउट हुँदा शैडली वान शाल्कविक ११ रनमा अविजित रहे।
भारतका अर्शदीप सिंहले चार ओभरमा नौ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए।





-1777639738077.jpeg&w=3840&q=75)



-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)



-1777647615809.jpeg&w=3840&q=75)