पाकिस्तानको पहिलो जित

काठमाडौं । पाकिस्तानले आइसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ।
मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले क्यानडामाथि सात विकेटको जित हासिल गरेको हो। क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
जितसँगै पाकिस्तान तीन खेलमा दुई अंकका साथ समूह ए को तेस्रो स्थानमा उक्लिएको छ। यो जितसँगै सुपर एटमा पुग्ने पाकिस्तानको सम्भावना कायमै रहेको छ।
पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ५३ बलमा २ चौका र १ छक्काको ५३ सहयोगमा रनको अर्धशतकीय इनिङ खेले। कप्तान बाबर अजामले ३३ बलमा एक चौका र एक छक्काको सहयोगमा ३३ रन बनाए।
दोस्रो विकेटका लागि कप्तान अजाम र रिजवानले ६२ बलमा ६३ रनको महत्त्वपूर्ण साझेदारी गरे। क्यानडाका लागि बलिङतर्फ डेलिन हेलिगर दुई विकेट लिए।
त्यसअघि नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्युयोर्कमा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०६ रन बनाएको थियो।
क्यानडाका ओपनर आरोन जोन्सनले सर्वाधिक ५२ रन बनाए। ४४ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे। कप्तान साद बिन जफर १० रनमा आउट हुँदा कलिम सना १३ र डिलन हेलिगर नौ रनमा अविजित रहे।
पाकिस्तानका मोहम्मद आमिर र हारिस रउफले समान दुई विकेट लिए। शाहीन शाह अफ्रिदी र नसीम शाहको नाममा एक/एक विकेट रह्यो।





-1777639738077.jpeg&w=3840&q=75)



-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)



-1777647615809.jpeg&w=3840&q=75)