पाकिस्तानले जित्यो टस
आइतबार, २७ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतविरुद्ध पाकिस्तानले पहिला फिल्डिङ गर्ने भएको छ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पाँच रनले पराजित भएको थियो।
सुपर एटको आशा जीवितै राख्न पाकिस्तानलाई भारतविरूद्ध जित्नैपर्ने हुन्छ। नेपाली समय अनुसार ८:१५ बजे सुरू हुने भनिएको खेल वर्षाका कारण केही ढिला भएको थियाे। खेल सुरु हुनु ९० मिनेट अघिदेखि वर्षा भइरहेको थियो।





-1777639738077.jpeg&w=3840&q=75)



-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)



-1777647615809.jpeg&w=3840&q=75)