शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

धनगढीमा सुरु भयो इन्डो–नेपाल कराते

बिहिबार, जेठ १७, २०८१खेलपाटी संवाददाता
धनगढीमा सुरु भयो इन्डो–नेपाल कराते
Classic Tech Internet Ad

धनगढी। कैलालीको धनगढीमा बिहीबारबाट मुख्यमन्त्री १०औं इन्डो–नेपाल कराते प्रतियोगिता सुरु भएको छ।

नेपाल र भारतका चार सय बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको धनगढी कभर्डहलमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे।

दक्षिण भारत, हरियाणा, दिल्ली, पन्जाब, उत्तराखण्ड, विहार लगायतका ठाउँबाट एक सय बढी विदेशी खेलाडी प्रतियोगिता खेल्न धनगढी पुगेका छन्। नेपालका ३८६ जना खेलाडी सहभागी छन्। 

क्याडेड, जुनियर र सिनियरतर्फका खेलहरू खेलाइने आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले जनाएको छ। संघका प्रकाश चन्दले कोभिडका कारण चार वर्षदेखि रोकिएको १०औं संस्करण अहिले भएको बताए। यस प्रतियोगिताको पहिलो संस्करण २०६२ सालमा धनगढीमा भएको थियो। 

चन्दले यो प्रतियोगिताबाट उदाएका खेलाडीहरू राष्ट्रिय पदक विजेतासम्म भएको बताए। जुनियर खेलाडीलाई सिनियरको खेल हेरेर सिक्ने मौका मिल्ने उनले बताए। 

विदेशी खेलाडीसँगको प्रतिस्पर्धाले आत्मबल बढ्ने प्रशिक्षक अर्जुन सिंहको भनाइ छ। ‘फरक– फरक ठाउँमा फरक तरिकाले खेलिन्छ, उनीहरूका तरिका सिक्न पाइन्छ,’ उनले भने। उनका चार जना प्रशिक्षार्थी ३० र ५० केजी समूहमा फाइट गर्ने छन्।

भारतको पन्जाबबाट आएका छोरीलाई ल्याएर आएका पूर्वभारतीय सैनिक बलदेव सिंहले यो प्रतियोगितामा आफ्नो छोरीलाई सहभागी गराउन पाउँदा खुसी लागेको बताए। उनकी छोरी ३० केजी समूहमा फाइट गर्दै छन्। उनकी छोरी देवेन्द्रसँग स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म खेलेको अनुभव छ। पहिलो पटक अन्तर्राष्ट्रिय खेल्न उनी नेपाल आएकी हुन्। प्रतियोगिताका लागि एक सय बढी अफिसियल र रेफ्रीहरू धनगढी आएका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा