उपाधिनजिक मालिका
बिहिबार, जेठ १७, २०८१मनोज थापा (हिमालयन मनोज)
बेनी। मालिका यूथ क्लब प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
बेनीको खुल्ला मञ्चमा बिहीबार सम्पन्न महिलातर्फको सेमिफाइनलमा बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मालिका फाइनलमा प्रवेश गरेको हो।
मालिकाले २५–१५, २५–८ र २६–२४ ले सेट जितेको थियो। मालिकाले अब उपाधिका लागि धादिङ स्पोर्ट्स क्लबसँग खेल्ने छ।
बुधबार सम्पन्न सेमिफाइनलमा धादिङले म्याग्दी भलिबल टिमलाई २५–२०, २५–१७ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। बागलुङ र म्याग्दीले भने तेस्रो स्थानका लागि खेल्ने छन्।









-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)
