काठमाडौं । थाइल्याण्डमा आजबाट सुरु हुने थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) चीनको सामना गर्दैछ ।
थाइल्याण्ड क्रिकेट एसोसियसनले आयोजना गरेको प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले चीनको सामना गर्न लागेको हो ।
बैककमा हुने नेपाल र चीनबीचको खेल नेपाली समय अनुसार बिहान ८:१५ मा सुरु हुनेछ । प्रतियोगिताको लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको छ ।
उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर शुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ ।
त्यस्तै, नेपालले आईतबार मलेसिया, सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान)
सिता राना मगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवर
डोली भट्ट
ममता कुमारी चौधरी
बिन्दु रावल
वैकल्पिक खेलाडी :
रितु कुमारी कन्जुनिया
सुमन बिष्ट
सबनम राई