मुख्य प्रशिक्षकलाई लिएर अन्योलमा भारतीय टोली

काठमाडौँ। अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भारतीय टोली अहिले न्यूयोर्कमा छ।
यस प्रतियोगितापछि मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल समाप्त हुँदैछ। त्यसैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसअघि नै मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो।
यसको अन्तिम मिति २७ मे तोकिएको थियो। तर, म्याद सकिँदा पनि बोर्डबाट हालसम्म यस विषयमा कुनै वक्तव्य नआएकाले भारतीय टोलीको मुख्य प्रशिक्षक पदको उम्मेदवारलाई लिएर अन्योल छाएको छ।
मिडिया रिपोर्ट अनुसार भारतीय टोलीका पूर्वब्याट्सम्यान गौतम गम्भीर प्रशिक्षक पदको दौडमा अगाडि छन्। गम्भीर आईपीएल २०२४ को सिजनको विजेता टोली कोलकाता नाइट राइडर्स (केकेआर)का मेन्टर हुन्। तर, उनी पनि यस विषयमा मौन बसेका छन्।
दुबै पक्षले यसबारे केही भनेका छैनन्। तर, बीसीसीआईसँग धेरै बलियो विकल्प नभएको देखिन्छ। यो पदका लागि कुनै पनि ठूला विदेशी नामले आवेदन नदिएको र बोर्ड सचिव जय शाहले भारतीय क्रिकेटको घरेलु संरचनाबारे राम्ररी जानकार हुने उम्मेदवार खोजिरहेको बताइसकेका छन्।
बीसीसीआईको नजर राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) प्रमुख वीभीएस लक्ष्मणमा थियो। तर, हैदरावादका स्टाइलिश पूर्वक्रिकेटरले समय दिन नसक्ने बताएका छन्।
बोर्डको एक स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भने बोर्डले निर्णय गर्न केही समय लिने बताएको छ।





-1777639738077.jpeg&w=3840&q=75)







-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)

