स्टार्कले अन्तर्राष्ट्रिय क्रिकेटको एक ढाँचा छोड्न सक्ने

काठमाडौँ। अस्ट्रेलियाका तीव्रगतिका बलर मिचेल स्टार्कले फ्रान्चाइजी क्रिकेट खेल्न अन्तर्राष्ट्रिय क्रिकेटको एक ढाँचा छोड्न सक्ने बताएका छन्।
कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) जितेपछि उनले उक्त कुरा बताएका हुन्। ‘मैले पछिल्लो ९ वर्ष अस्ट्रेलियाको क्रिकेटलाई दिएको छु। क्रिकेटबाट समय पाएपछि श्रीमती र परिवारलाई समय दिन्थेँ तर अहिले करिअरको अन्तिम चरणमा छु र फ्रेन्चाइज खेल्न चाहन्छु। क्रिकेट एक दिवसीय विश्वकप अझै धेरै टाढा छ, त्यसैले म एउटा ढाँचा छोड्न सक्छु,’ उनले भने।
मिचेल स्टार्कले यसअघि सन् २०१४ र २०१५ मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट दुई पटक मात्रै आईपीएल खेलेका थिए। स्टार्कले सन् २००९ मा अन्तर्राष्ट्रिय डेब्यू गरेपछि मात्र १३७ टी–२० खेलेका छन्।
‘मैले यो आईपीएल सिजन रमाइलो गरेको छु। यसपछि हामीले विश्वकप खेल्नुपर्छ, जसको आफ्नै फाइदा छ। यस लिगमा विश्वका उत्कृष्ट खेलाडीहरूसँग खेलेपछि आत्मविश्वास बढेको छ। त्यसैले यो पनि विश्वकपको तयारीको एक हिस्सा हो। अर्को वर्षको तालिका के छ मलाई मलाई थाहा छैन। तर,केकेआरको बैजनी र गोल्ड जर्सीमा फेरि खेल्छु भनेमा म आशावादी छु,’ उनले भने।
स्टार्कलाई यस वर्ष कोलकाताले २४ करोड ७५ लाख भारूमा किनेको थियो। उनी आईपीएलको अक्सनका सबैभन्दा महँगा खेलाडी बनेका थिए।





-1777639738077.jpeg&w=3840&q=75)









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)