शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘नेपाल सुपर एटको लागि सक्षम टिम हो’

शुक्रबार, ११ जेठ २०८१खेलपाटी संवाददाता
‘नेपाल सुपर एटको लागि सक्षम टिम हो’
Loading ad...
mustang rice ad

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वमुख्य प्रशिक्षक जगत टमाटाले मोन्टी देसाईंले सम्हालेको नेपाली टिम आईसीसी टी–२० विश्वकप २०२४ को ‘सुपर एट’मा प्रवेशको लागि सक्षम रहेको बताएका छन्।

नेपाली टिमले ६ वर्षअघि ओडीआई (एक दिवसीय अन्तर्राष्ट्रिय) मान्यता पाउँदाका टिम सम्हालेका टमाटाले खेलपाटीसँग भने, ‘टी–२० क्रिकेटमा ठूला वा साना टिम केही भन्न सकिँदैन। अहिलेको हाम्रो टिमले राम्रो तयारी गरेको छ। टेस्ट खेल्ने देशका टिमसँग पनि खेलेको छ। खेलाडीहरूले राम्रो एक्सपोजर पाएका छन्। त्यसैले हाम्रो टिम विश्वकप २०२४ मा सुपर एटको लागि सक्षम छ।’

नेपालले दोस्रोपल्ट टी–२० विश्वकप खेल्न लागेको हो। नेपालले पहिलोपल्ट सन् २०१४ मा विश्वकप खेल्दा पुबुदु दसानायके मुख्य प्रशिक्षक थिए भने सहायक प्रशिक्षकको जिम्मेवारीमा टमाटाले निर्वाह गरेका थिए।

त्यसबेला नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गर्दै बंगलादेश समान ४ अंक बनाएको थियो। घरेलु टिम बंगलादेशसँग नेट रनरेटमा पछाडि परेपछि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो।

टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछ। जुन २ देखि २९ सम्म सञ्चालन हुने विश्वकपमा प्रतिस्पर्धा गर्ने तयारीमा नेपाली टिम अमेरिकास्थित ह्युस्टनमा रहेको छ।

२० टिमले प्रतिस्पर्धा यो विश्वकपमा नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेको समूह ‘डी’ मा रहेको छ। चार समूहका शीर्ष दुई टिम ‘सुपर एट’मा प्रवेश गर्नेछन्।

यसपालि जिम्बाब्बेबाहेक टेस्ट मान्यता प्राप्त सबै (१२) देशले विश्वकप खेल्दैछन्। बाँकी ८ टिम छनोट पारेका गरेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का ‘एसोसिएट’ सदस्य छन्।

नेपालले समूह चरणमा अर्को ‘एसोसिएट’ टिम नेदरल्यान्ड्सविरुद्ध ४ जुनमा टेक्सास, अमेरिकामा खेल्दै विश्वकप यात्रा थाल्नेछ। त्यसपछि ११ जुनमा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशविरुद्ध खेल्ने छ। 

यू–१९ टिमलाई चारपल्ट विश्वकप खेलाएका प्रशिक्षक टमाटा यसपालि ‘एसोसिएट’ टिमले टेस्ट खेल्नेविरुद्ध केही अनपेक्षित नतिजा निकाल्दै विश्वकपलाई रोमाञ्चक बनाउनेमा विश्वस्त छन्।

विश्वकपको सन्दर्भमा उनीसँग गरिएको छोटो संवादको लागि यो ‘लिंक क्लिक’ गर्नुहोला :

Loading ad...
LiNing Ad
टी–२० विश्वकप २०२४

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो