गण्डकीमा यू–१५ राष्ट्रिय जुनिअर प्रतियोगिताको तयारी शुरू
बुधबार, ०२ जेठ २०८१खेलपाटी संवाददाता

पोखरा। पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनिअर राष्ट्रिय प्रतियोगिताको तयारी शुरू भएको छ।
प्रतियोगितामा सहभागि हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरूसँग छलफल गरी तयारी शुरू गरेको आयोजक प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको हो। प्रतियोगिता जेठ ३० देखि ३२ गतेसम्म पोखरामा आयोजना हुनेछन्।
प्रतियोगितामा एथलेटिक्स महिला/पुरुषतर्फ विभिन्न ८ इभेन्टहरू हुनेछन्। त्यसैगरी टिम गेम्सतर्फ महिला/पुरुष बास्केटबल र रग्बी, ब्याडमिन्टन टेबुल टेनिस र बुद्धिचालका खेलहरू सञ्चालन हुनेछन् ।
छलफलमा जेठ २० गते भित्र सबै खेलका छनोट खेलहरू सम्पन्न गर्ने निर्णय गरिएको सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन्।









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)


