मेरी कोम विश्व नम्बर एक महिला बक्सर
बिहिबार, पुष २६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । भारतकी विश्व चर्चित महिला बक्सर मेरी कोम महिला बक्सिङ खेलाडीको वरियताको शीर्ष स्थानमा उक्लिएका छन् ।
इन्टरनेसनल बक्सिङ एसोसिएसनले बिहिबार सार्वजनिक गरेको वरियतामा कोम शीर्ष स्थानमा उक्लिएका हुन् । नयाँ वरियतामा ३६ बर्षीय कोमले १७०० अंक पाएकी छिन् । यो संगै कोम शीर्ष वरियता पाउने पहिलो भारतीय बक्सिङ खेलाडी बनेकी छन् ।
मणिपुरकी कोमले ६ पटक विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी छिन् । कोमले गत नोभेम्बरमा भारतमा सम्पन्न विश्व बक्सिङ च्याम्पियनसिपमा ४८ केजी तौल समूहमा स्वर्ण जितेकी थिईन् ।
तीन सन्तानकी आमा कोम अहिले जापान ओलम्पिकको तयारी गरिरहेकी छिन् ।






-1754312729.jpeg&w=3840&q=75)






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)