एरिका, पलेशा र लामा सम्मानित
मंगलबार, बैशाख २५, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ।
उनीहरूलाई जनही १० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरियो। उनीहरूलाई पूर्व मन्त्री कर्णबहादुर थापा, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच सम्मान गरे।
एरिकाले १९ औँ एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए। पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षकको भूमिकामा थिए।