• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जितको लयमा फर्किएको चेन्नईको सुस्त ब्याटिङ
खेलपाटी संवाददाता
सोमबार, वैशाख १७, २०८१ खेलपाटी संवाददाता
जितको लयमा फर्किएको चेन्नईको सुस्त ब्याटिङ

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को आधा सिजन सकिनै लाग्दा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र यस पटक विस्फोटक ब्याटिङ गरिरहेको सनराइजर्स हैदरावादको कमजोरी एकएक गरेर छर्लङ्ग देखिन थालेको छ।

चेन्नईले ब्याटिङलाई आधुनिकतामा ढाल्न सकेको छैन। यता, पहिला ब्याटिङ गरेर कीर्तिमानमाथि कीर्तिमान राखिरहेको हैदरावादको आक्रामक ब्याटिङ लाइनअप लक्ष्य पछ्याउने क्रममा नर्भस देखिन थालेको छ। आइतबार यी दुवै टोलीको यो कमजोरी पुनः देखियो। तर, यसको पूर्ति चेन्नईले बलिङबाट गर्‍यो र हैदरावादलाई नमिठो हार चखायो।

एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईले कप्तान ऋतुराज गायकवाडको ९८ रनको मद्दतमा निर्धारित २० ओभरमा २१२ रन बनाएको थियो। जवाफमा हैदरावादको ब्याटिङ स्थिर बलिङका अगाडि चल्न सकेन र ७८ रनको फराकिलो हार बेहोर्न बाध्य भयो।

यसअघि चेन्नईले पछिल्ला ५ मध्ये ३ मा हार र २ खेलमा जित हासिल गरेको थियो। यस्तोमा वर्तमान च्याम्पियनसँग शीर्ष चारमा पुग्ने एउटा मात्र बाटो भनेको कुनै पनि हालतमा हैदरावादलाई हराउनु नै थियो।

यो चुनौती पूरा गर्न चेन्नईले आफ्नो ओपनिङ ब्याटिङमा सुधार गर्नुपर्‍यो। यो सिजन चेन्नईका ओपनरको औसत अन्य टोलीको भन्दा कम रहेको छ। यद्यपि, ऋतुराजले रन बनाइरहेका छन्।

तर, अर्को एन्डमा रचिन रवीन्द्र र अजिंक्य रहाणेले उनलाई साथ दिन सकिरहेका छैनन्। रातको समयमा ओसको जोखिम रहेकोले हैदरावादले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। 

तेस्रो ओभरमा रहाणे ९ रनमा भुवनेश्वर कुमारको बलमा आउट भए। उनले १२ बलमा ९ को स्ट्राइक रेटमा ७५ रन बनाए। १९ रनमा पहिलो विकेट गुमाएको चेन्नईले फेरि एक पटक ओपनिङ साझेदारीलाई बलियो बनाउन सकेन।

चेन्नईको ब्याटिङ यस सिजनभरि नै उही पुरानै लयमा रहेको छ। पावर प्लेमा टोलीले छक्का बर्साउन सकेको छैन। आइतबार पनि चेन्नईको ब्याटिङ लाइनअप संघर्षरत रह्यो।

तेस्रो नम्बरमा आएका डेरिल मिचेलले कप्तान ऋतुराजलाई लामो समय साथ दिए पनि दुवै ब्याट्सम्यानले पहिलो १० ओभरमा ठूलो प्रभाव पार्न सकेनन्। 

ऋतुराज र मिचेलले इनिङ्स सम्हालिरहँदा चेन्नईको ब्याटिङमाथिको दबाब हटाउन सकेनन्। चेन्नईले पावर प्लेमा १ विकेट गुमाएर ५० रन बनाएको थियो। तर, टोलीले १०० रन पूरा गर्न करिब ११ ओभर खर्चियो।

इनिङ्सको पहिलो छक्का पनि आठौँ ओभरमा प्रहार भएको थियो। त्यसपछि दुवैले रन रेट सुधार्ने प्रयास गरे। यसबीच मिचेलले २९ बलमा अर्धशतक पूरा गरे। तर, उनले आफ्नो इनिङ्सलाई लम्ब्याउन सकेनन् र ५२ रन बनाए जयदेव उनादकटको बलमा आउट भए।

मिचेलपछि शिवम दुबे ब्याटिङ गर्न आए। लामो छक्का प्रहार गरेर चर्चाको शिखरमा रहेका दुबेलाई चेन्नईका समर्थकले स्टेडियममा साउथ सुपरस्टार विजयको हिट गीत बजाएर स्वागत गरेका थिए।

यो सिजन दुबेको स्ट्राइक रेट १५० भन्दा माथि रहेको छ। चेन्नईको ब्याटिङ गियर पनि उनले परिवर्तन गरेका छन्। ऋतुराज ९८ रनमा आउट भए र लगातार दोस्रो शतक बनाउनबाट चुके।

दुबेले २० बलमा ३९ रन बनाएपछि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इनिङ्सपछि कमेन्टेटरहरूले यो स्कोर पर्याप्त नरहेको बताइरहेका थिए।

यसको दुई कारण थिए– एउटा हैदरावादको ब्याटिङ लाइनअप र अर्को ओस आउने सम्भावना, जसले बलिङ गर्न गाह्रो बनाइरहेको थियो।

तर, लक्ष्य पछ्याउने क्रममा हैदरावादले अपेक्षा गरिए अनुसारको ब्याटिङ गर्न सकेन। पहिलो दुई ओभरमा ट्रेभिस हेड र अभिषेक शर्माले लामो छक्का प्रहार गरे। तर, इनिङ्सको ११औँ बलमा तुषार देशपाण्डेले हेडलाई डेरिल मिचेलबाट क्याच आउट गराए।

प्रभावशाली खेलाडीको रूपमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनमोलप्रीत सिंह पहिलो बलमै आउट भएपछि अचानक हैदरावादको टोली दबाबमा आएको थियो।

चौथो ओभरमा अभिषेक पनि १५ रनमा पेभिलियन फर्किएपछि हैदरावादको समस्या झनै बढ्यो। गति परिवर्तन गरेर तुषार ब्याट्सम्यानलाई छक्काउन सफल भए र तीन विकेट लिए। 

त्यसपछि रवीन्द्र जडेजाले नितिश रेड्डीलाई विकेटकिपर महेन्द्रसिंह धोनीको हातबाट क्याच आउट गराएपछि हैदरावादले नवौँ ओभरमा ४ विकेट गुमायो। 

माथीशा पाथिरानाले एडेन मार्करामलाई ३२ र हेनरिक क्लासेनलाई २० रनमा आउट गरे। हैदरावादको आधा टोली ८५ रनको स्कोरमा पेभेलियन फर्किएको थियो। त्यसपछि खेल नियन्त्रण बनाउन चेन्नईलाई कुनै समस्या भएन।

मिचेलले यस खेलमा पाँच क्याच समातेर नयाँ कीर्तिमान कायम गरे। ऋतुराजले ९८ रनको इनिङ्स खेल्दै 'प्लेयर अफ द म्याच' भए। कमेन्ट्री गरिरहेका ब्रेट लीले उनको इनिङ्सको प्रशंसा गर्दै भनिरहेका थिए, 'जब गायकवाड फर्ममा आउँछन्, उनी हरेक इनिङ्समा ठूलो स्कोर बनाउने कोसिस गर्छन्। यो एक महान् खेलाडी भन्ने संकेत हो।'

अन्तिम खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई दिएको २१० रनको स्कोर रक्षा गर्न सकेको थिएनन्। तर, आइतबार राम्रो बलिङ र जबरजस्त फिल्डिङका कारण चेन्नई जित हासिल गर्न सफल भयो।

तर, हैदरावादले भने यो सिजन तेस्रो पटक लक्ष्य पछ्याउने क्रममा हार बेहोर्‍यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २७० रन बनाए पनि लक्ष्य पछ्याउने क्रममा पराजय बेहोर्न परेको थियो।

यो सिजनमा हैदरावादले पहिले ब्याटिङ गर्दै ११.७४ स्ट्राइक रेटमा औसत प्रतिविकेटमा ४० रन रहेको छ। तर, लक्ष्य पछ्याउनेक्रममा  स्ट्राइक रेट ८.८५ मा झरेको छ। दोस्रो इनिङ्समा हैदरावादको प्रतिविकेट औसत रन २५ मा झरेको छ। 

जितसँगै चेन्नई सुपर किंग्सको १० अंक भएको छ भने रनरेटका आधारमा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। हैदरावाद समान खेलबाट समान अंकसहित चौथो स्थानमा झरेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP