काठमाडौँ। एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्ने भएका छन्।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै ओमान उपाधिनजिक पुगेको हो।
हङकङले दिएको १३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी रहँदै ५ विकेट गुमाएर १३२ बनायो।
ओमानका अकिब इलियासले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए। ५१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान जिशान मक्सूद १५,आयन खान १२ र प्रतिक आठवले ११ रनमा आउट हुँदा खालिद कैल १६ रनमा अविजित रहे।
हङकङका एजाज खानले सर्वाधिक ३ विकेट लिए। आयुष शुक्ला र अतिक इकबालको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १)मा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनायो।
हङकङका बाबर हयातले सर्वाधिक ३३ रन बनाए। ३७ बल खेलका उनले २ चौका र १ छक्का प्रहार गरे। कप्तान निजाकत खान १९, मार्टिन कोएत्जी १२ र यासिम मुर्तजा ११ रनमा आउट हुँदा जिशान अली ३६ रनमा अविजित रहे।
ओमानका बिलाल खान र अकिब इलियासले ३/३ विकेट लिए। कलीमुल्लाह, फैय्याज बट र जिशान मक्सूदको नाममा १/१ विकेट रह्यो।