काठमाडौँ। १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका शुकवीर पोखरेल पहिलो भए। उनले ५२.१६ मिटर टाढा फाले। लुम्बिनीका राहुल थारु दोस्रो तथा रवि चौधरी तेस्रो बने।
सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता विकले स्वर्ण चुमिन्। सरिताले ३१.५४ मिटर टाढा फालिन्। सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिव्याकला थारुले कांस्य हात पारे।
छात्र लङ जम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दै पहिलो भए। सुदूरपश्चिमका सन्नी चौधरी दोस्रो तथा आशिष महर तेस्रो स्थानमा रहे। सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन्। प्रनिशाले ४.९५ मिटर जम्प गरिन्। गण्डकीकी निशा घर्ती दोस्रो तथा सुदूरपश्चिमकी रेनुका ऐर तेस्रो बने।
छात्र/छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमती पहिलो भयो। छात्रमा मधेश प्रदेश दोस्रो तथा सुदूरपश्चिम तेस्रो भए। छात्रामा गण्डकी दोस्रो तथा सुदूरपश्चिम तेस्रो बने।