• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
बाढीमा हुर्किएको क्लब सुदूरपश्चिम फुटबलको 'जीवनदाता'
खेलपाटी संवाददाता
मंगलबार, पुस २४, २०७५ खेलपाटी संवाददाता
बाढीमा हुर्किएको क्लब सुदूरपश्चिम फुटबलको 'जीवनदाता'

सिताराम ओझा, धनगढी । बिस २०७३ सालमा सुदूरपश्चिममै पहिलो पटक धनगढीमा गोल्डकप फुटबलको आयोजना गर्दा धेरैलाई आश्चर्य लागेको थियो ।

पिछडिएको क्षेत्रमा निजी क्षेत्रको सर्वाधिक धनराशीको फुटबल आयोजना गर्न आयोजक सुदुरपश्चिम -११ स्पोर्ट्स क्लबलाई पनि सजिलो थिएन् । वाढीमा फुलेको फुटवल सर्वाधिक धनराशीको गोल्डकपसम्म

तर, विभिन्न बाधा र समस्याका बाबजुत पहिलो संकरणको 'सुदुरपश्चिम खप्तड गोल्डकप' प्रतियोगिता सम्पन्न भयो । 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले  पहिलो संकरणको उपाधिमा कब्जा जमायो ।  उक्त संकरणमा नेपालका १० र भारतका २ गरी १२  टोलीले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो संस्करणको प्रतियोगिता सफलतापुर्वक सम्पन्न भयो । विजेताले ५ लाख नगद तथा उपविजेताले २ लाख ५१ हजार नगद परपर गरेका थिए । यस्तै उत्कृष्ट खेलाडीले एक मोटरसाईकल र अन्य विभिन्न १० विधामा उत्कृष्ट खेलाडीले समान १५/१५ हजार नगद पुरस्कार पाएका थिए  ।

तर, आयोजक सुदुरपश्चिम -११ स्पोर्टस क्लबलाई प्रतियोगिता गर्दा लागेको खर्च तिर्न हम्मे हम्मे परेको थियो । जसको मुख्य कारण थियो, 'प्रतियोगिताका लागि सहयोगका लागि आश्वासन दिएकाहरुले सहयोग नगर्नु ।     

पहिलो संस्करणमा घाटामा गएपनि सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबले गत बर्षको पुसमा दोस्रो संकरणको प्रतियोगिता आयोजना गर्यो । र, आयोजकले पहिलो संस्करणको भन्दा दोस्रो संस्करणमा दोब्बर पुरस्कार राशी राखेको थियो ।

दोस्रो संस्करणको विजेताले ११ लाख ११ हजार १ सय ११  र उपविजेताले ५ लाख ५५  हजार ५ सय ५५ नगद पाएका थिए । एक उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गरे ।  दोस्रो संस्करणमा विभागीय टिम त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्यो ।

दोस्रो संस्करणसम्म आईपुग्दा आयोजकले मुख्य प्रायोजक समेत प्राप्त गर्न सफल भयो । दोस्रो संस्करणको खप्तड गोल्डकपसंग सिजी ग्रुपको नेपाल आईस जोड्न पुग्यो ।

दुई संस्करणको आयोजनापछि अखिल नेपाल फुटबल संघले गोल्डकपहरुको श्रेणी विभाजन समेत गर्यो । जसमा खप्तड गोल्डकप 'क' श्रेणीमा पर्न सफल भएको छ ।

छोटो समयमै चर्चा कमाउन सफल खप्तड गोल्डकपको तेस्रो संस्करण मंगलबारबाट धनगढीमा सुरु हुँदैछ । र, तेस्रो संस्करणसम्म आईपुग्दा खप्तड गोल्डकप मोफसलकै सर्वाधिक ठुलो धनराशीको गोल्डकप बनेको छ ।

यस संस्करणको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन् । यस संस्कारणबाट नेपालमै पहिलो पटक क्यामरुनको टिमले प्रतिस्पर्धा जनाउदैछ ।

सुदूरपश्चिममा ठुलो प्रतियोगिता कसरी सम्भव भयो त ?

नेपालको सुदुरपुर्वी जिल्ला इलामदेखि, सुनसरी, कास्की, चितवन, नेपालगञ्ज लगायतका स्थानमा बार्षिक गोल्डकप फुटबलहरु संचालन हुँदै आईरहेको थियो ।

तर, सुदूरपश्चिममा एउटा पनि गोल्डकप प्रतियोगिता भएको थिएन । सुदूरपश्चिमको फुटबल बिकासमा सक्रिय युवाहरुलाई सुदूरपश्चिममा गोल्डकप नहुनुको अभाव खड्किएको थियो ।

त्यहिँ अभावलाई चिर्न फुटबलमा लागेका युवाहरु मिलेर सुदुरपश्चिम-११ स्पोर्ट्स क्लब गठन गरे । र, सुदूरपश्चिममा पहिलो संस्करणको गोल्डकप आयोजना गर्न लागि परे । सुदूरपश्चिममा पहिलो गोल्डकपको आयोजना गर्दा आवश्यकता परे व्यक्तिगत खर्च गर्ने प्रण गरे । सोही प्रणले पहिलो संस्करणको खप्तड गोल्डकप आयोजना भयो । तेस्रो संस्करणसम्म आईपुग्दा सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता बन्न पुगेको छ ।

बाढी ग्रस्त क्षेत्रमा सक्रिय हिमालय युवा क्लबले सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै सुदुरपश्चिम-११ को नामले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन थालेपछि सुरेश हमालको नेतृत्वमा फुटबल प्रेमी युवाहरु मिलेर सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब दर्ता भएको थियो । कैलाली जिल्ला खेलकुद विकास समितिमा दिपक बहादुर सिंह अध्यक्ष भएर आएपछि  फुटबल अभावलाई कम गर्न बनाईएको क्लबले अहिले सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता धनगढीमा गराउन सफल भएका छन् ।

बाढीग्रस्त क्षेत्रबाट आएको फुटबललाई निजि क्षेत्रकै सर्वाधिक ठुलो धनराशीको बनाउने अभियानमा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिंहको योगदानलाई कसैले बिर्सन सक्दैन् ।

दुई बर्ष अघिदेखि सुदुरपश्चिममा आयोजना भएको गोल्डकपले यस क्षेत्रको  फुटबल विकाससंगै खेलकुद पर्यटनलाई पनि निकै टेवा पुगेको आयोजकको बुझाई छ ।

कैलालीको साबिकको लावोझी गाविस, बाढीको चपेटामा पर्ने गाविस हो । प्रत्येक बर्ष आउने बाढीले यस क्षेत्रमा क्षति गर्ने गर्छ । हरेक बर्षातामा पुरै गाउँ डुवानमा पर्ने हुँदा करौडौ धनजनको क्षति पनि हुने गरेको छ ।

बर्षात नजिकिदै जाँदा लालवोझी गाविसका वासिन्दाहरुमा चिन्ता र दुःखले पिरोल्ने गरेको छ । बर्षमा एक पटक उनीहरुलाई बाढीको चिन्ता छ हुन्छ तर त्यही बाढीले हुर्काएको क्लबबाट सुदुरपश्चिमको धनगढीमा पनि गोल्डकप फुटबल सम्भव भएको छ । त्यही बाढीग्रस्त क्षेत्रमा सक्रिय हिमालय युवा क्लब अहिले सुदूरपश्चिम -११ स्पोर्ट्स क्लब बनेको छ

सुदुरपश्चिम- ११ स्पोर्ट्स क्लबले २०७२ सालमा नेपालगंज गोल्डकपको उपाधि समेत चुमिसकेको छ । गत बर्ष नै राजर्षी गोल्डकपको उपाधि समेत सुदूरपश्चिम-११ ले जितेको छ । हाल क्लबका खेलाडीहरु सहिद स्मारक 'ए' डिभिजन लिगका विभिन्न क्लबबाट समेत खेलिरहेका छन् । बिस २०७३ सालमा सम्पन्न 'बी' डिभिजन लिगमा समेत सुदूरपश्चिमका खेलाडीहरु च्यासलबाट खेल्दै क्लबलाई च्याम्पियन बनाउदै 'ए' डिभिजनमा बढुवा समेत गराएका थिए ।

पछिल्लो समय सुदूरपश्चिममा फुटबलले गती लिन थालेको छ । तर, सुदूरपश्चिमले आशा गरेको जस्तो सफलता पाएको छ । छैटौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको पुरुष टिमले जितेको स्वर्ण नै यस क्षेत्रको सर्वाधिक ठुलो सफलता हो ।  ७ वर्ष अघिको त्यो ईतिहास सुदुरपश्चिमबासिले विर्सेका छैनन्  ।

त्यसयता सुदूरपश्चिममा फुटबल सुस्ताएको थियो ।  तर, त्यहिँ स्वर्ण जित्दा टिममा रहेका खेलाडीहरु एकजुट भएर अहिले ४० लाख नगद धनराशीको फुटबल प्रतियोगिता धनगढीमा गरिरहेका छन् । बाढीमा हुर्किएको क्लबले सुदूरपश्चिमको फुटबललाई नयाँ जीवन दिइरहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP