राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई सबै मिलेर सफल बनाऔँ : घिसिङ
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन्।
राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन्।
‘राष्ट्रपति रनिङ सिल्ड जुनिअरको सबैभन्दा ठूलो प्रतियोगिता हो। यसलाई भव्य र सफल बनाउनु हामी सबैको कर्तव्य हो। सबै मिलेर प्रतियोगितालाई सफल बनाउ,’ घिसिङले भने, ‘प्रतियोगितासँग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ।’
सदस्यसचिव घिसिङले स्थानीय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भई हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनिअरस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताउँदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताए।
सदस्यसचिव घिसिङले सहभागिता, पारदर्शी र जबाफदेहीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा खेलाडीलाई खाना/बसोबासबाहेक ‘पकेट मनी’को पनि व्यवस्था गर्ने विषयमा परिषद्ले योजना बनाइरहेको बताए। राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि शुरू हुँदै छ।







-1762154705887.png&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

