• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बलिङ युनिटमा समस्या झेलिरहेको दिल्ली
खेलपाटी संवाददाता
शुक्रबार, चैत ३०, २०८० खेलपाटी संवाददाता
बलिङ युनिटमा समस्या झेलिरहेको दिल्ली

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार हुने खेलमा दिल्ली क्यापिटलको बलिङ युनिटले लखनउ सुपर जायन्ट्सविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ।

लखनउ अंक तालिकाको तेस्रो स्थानमा छ र सबै विभागमा राम्रो प्रदर्शन गरिरहेको छ। यद्यपि, १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ लखनउको तीव्र गतिका बलर मयंक यादव दिल्लीविरुद्ध खेल्ने छैनन्। २१ वर्षीय यादवले पेटको समस्याका कारण गुजरात टाइटन्सविरुद्ध एक ओभर मात्र बलिङ गरेका थिए।

यादवको अनुपस्थितिमा अर्का युवा बलर यश ठाकुरले जिम्मेवारीपूर्वक खेल्दै पाँच विकेट लिएका थिए। यसबाहेक नवीन उल हक, क्रुणाल पाण्ड्या र लेग स्पिनर रवि बिश्नोईले पनि राम्रो बलिङ गरिरहेका छन्।

लखनउसँग क्विन्टन डी कक र केएल राहुलको रूपमा बलियो ओपनिङ जोडी छ। दक्षिण अफ्रिकाका डि ककले अहिलेसम्म दुई अर्धशतकीय इनिङ्स खेले पनि कप्तानले आफ्नो शुरूआतलाई ठूलो स्कोरमा परिणत गर्न सकेका छैनन्।

निकोलस पूरन पनि उत्कृष्ट फर्ममा छन्। लखनउको टोलीलाई इनिङ्सको अन्त्यमा ठूलो स्कोर बनाउन मद्दत गरिरहेका छन्। यद्यपि, लखनउका लागि सबैभन्दा ठूलो चिन्ता देवदत्त पडिक्कल हो। उनले अझै दोहोरो अंकमा रन बनाउन सकेका छैनन्।

यता, भ्रमणकारी टोलीका लागि 'प्लान बी' को अभाव रहेको देखिन्छ, जुन कोलकाता नाइट राइडर्ससँग १०६ रनको हारमा स्पष्ट देखिन्थ्यो।

मुम्बई इन्डियन्ससँग पराजित भएपछि दिल्ली माइनस १.३७० को खराब नेट रनरेटका साथ अंक तालिकाको पुछारमा पुगेको छ। दिल्लीको सबैभन्दा ठूलो चिन्ता उसको तीव्र गतिको बलिङ युनिट हो।

तीव्र गतिका बलरले अहिलेसम्म आफ्नो लय समाउन सकेका छैनन्।  लखनउविरुद्धको खेलमा खलील अहमद र अनुभवी बलर इशान्त शर्माले नै यो युनिटको जिम्मेवारी सम्हाल्ने छन्, जसले लगातार राम्रो बलिङ गर्न सकेका छैनन्।

मुकेश कुमार चोटबाट फर्किने अपेक्षा गरिएको छ। तर, उनले पनि आफ्नो प्रदर्शनबाट छलाङ मार्न सकेका छैनन्। त्यस्तै, तीव्र गतिका बलर एनरिच नोर्टजेले चोटबाट फर्केपछि तीव्र बलिङ गर्न सकेका छैनन्। चार खेलमा उनले १३.४३ को इकोनोमीमा रन दिएका छन्।

कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सबाहेकले यो सिजन राम्रो फर्मका लागि संघर्ष गरिरहेका छन्। पृथ्वी शाले केही रन बनाएका छन्। तर, उनले त्योभन्दा राम्रो प्रदर्शन गर्न आवश्यक छ। अभिषेक पोरेलबाहेक कुनै पनि अनक्याप्ड भारतीय खेलाडीले दिल्लीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP