• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मलेसियाविरुद्ध सधैँ हाबी नेपाल
खेलपाटी संवाददाता
शुक्रबार, चैत ३०, २०८० खेलपाटी संवाददाता
मलेसियाविरुद्ध सधैँ हाबी नेपाल

काठमाडौँ। एसीसी मेन्स प्रिमियर कपअन्तर्गत उद्घाटन खेलमा साविक विजेता नेपालले शुक्रबार मलेसियाको सामना गर्ने छ। नेपाल गत वर्षको उपाधि विजेता टोली हो।

गत वर्ष नेपाल र मलेसिया एकै समूह रहेका थिए। यसपटक झैँ उद्घाटन खेलमा मलेसियाको प्रतिद्वन्द्वी नेपाल नै रहेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको थियो।

टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको इनिङ्स खेलेका थिए।

९५ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै, विरन्दीप सिंहले ९४ बलमा २ चौकासहित ४६ रन बनाएका थिए।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिएका थिए। यस्तै, ललितनारायण राजवंशी २ र गुल्शनकुमार झाले १ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गर्न आएको नेपाली टोलीले उक्त लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो। नेपालको ओपनिङ राम्रो नभए पनि भीम सार्की र कुशल मल्लले पाँचौँ विकेटका लागि ११२ रनको साझेदारी गरेपछि नेपालले सहज जित हासिल गरेको थियो।

उक्त खेलमा म्यान अफ दी म्याच भएका कुशलले ४० बलमा ५ चौका र ५ छक्कासहित अविजित रहँदै ७० रन प्रहार गरेका थिए।

यस्तै, भीमले ९८ बलमा ५ चौकासहित ७१ रन बनाएका थिए। कप्तान रोहितकुमार पौडेल ४२, कुशल भुर्तेल ३८ र आशिफ शेख १ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित रहेका थिए। 

यसपटक लेग स्पिनर सन्दीप र ब्याट्सम्यान भीमले टोलीमा स्थान बनाउन सकेनन्। सन्दीप नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएपछि राष्ट्रिय टोलीबाट बाहिर छन्। 

यस्तै, पछिल्लो समय लय गुमाएका भीमलाई भने मुख्य प्रशिक्षक मोन्टी देसाईंले टोलीमा समेटेका छैनन्। सुस्त खेल्ने भीमलाई देसाईंले एक दिवसीय टोलीका लागि राखेको नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टोली छनोट समितिका संयोजक दीपेन्द्र चौधरी बताउँछन्। 

विश्वकप र प्रिमियर कपका लागि भएको अभ्यास खेलमा भीमले क्यानडाविरुद्ध भीमले १ शतक प्रहार गरेका थिए। यस्तै, नामिबियासँग भएको खेलमा उनले ४४ रनको इनिङ्स खेलेका थिए।

तर, अन्य खेलमा प्रभावकारी प्रदर्शन गर्न नसकेपछि दसाईंले उनको स्थानमा अनिल साहलाई मौका दिँदै आएका छन्। सन् २०१८ मै नेपाली टोलीमा डेब्यू गरेका अनिलले टी २० आईमा २ खेल खेलेका छन्। ती दुई खेलमा उनले २३ रन बनाएका छन्।

भीमले भने अहिलेसम्म टी २० खेल्ने मौका पाएका छैनन्। आक्रामक ब्याटिङ गर्ने अनिललाई देसाईंले एक दिवसीय र टी२० मा पछिल्लो समय तेस्रो नम्बरमा खेलाउँदै आएका छन्।

मलेसियाविरुद्ध हाबी नेपाल

नेपाल र मलेसिया टी२० आईमा हालसम्म ९ पटक भेट भएका छन्। जसमा नेपाल ८ खेलमा विजयी भएको छ। सन् २०१९ मा भएको पहिलो भेटमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। 

मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो। उक्त खेलमा तत्कालीन कप्तान पारस खड्काले ८६ रनको इनिङ्स खेलेका थिए।

उक्त टोलीमा रहेका करण केसी, सोमपाल कामी र ललितनारायण राजवंशी अहिले पनि राष्ट्रिय टोलीमा छन्। यस्तै, उक्त खेलमा ५ रन बनाएका रोहितकुमार पौडेल भने नेपाली टोलीको कप्तान बनिसकेका छन्।

त्यसपछि नेपालले मलेसियासँग ८ खेल खेलेको थियो। तीमध्ये सन् २०२० फ्रेबुअरी २९ मा बैंककमा भएको एसीसी इस्टन रिजनमा शर्विन मुनिन्दीले ३.४ ओभरमा १३ रन दिँदै सर्वाधिक ४ विकेट लिएपछि १५४ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा १३२ रनमै समेटिएको थियो। 

उक्त खेलमा सन्न्यास लिइसकेका ज्ञानेन्द्र मल्ल र पारस खड्काले ३८/३८ रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। त्यसयता पछिल्ला ५ खेलमा मलेसियाविरुद्ध नेपाल अपराजित रहेको छ।

नेपाल टोली

रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेककुमार यादव, सन्दीप जोरा, अनिलकुमार शाह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतीश जीसी. र अभिनाश बोहरा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP