आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटो ईन्डुरो : वर्षा र राजेश च्याम्पियन

आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता
मोटो ईन्डुरो : वर्षा र राजेश च्याम्पियन
Loading ad...
mustang rice ad

पोखरा । पहिलो पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिप २०२४ भब्यताका साथ आयोजना भएको छ ।

बिश्व खेलकुद दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा महिला र पुरुष गरि ५६ जना खेलाडीले भाग लिएका थिए ।

बनजङ्गल, खोलानाला, बासघारी, गोरेटोबाटो, बगर बालुवामा उडाउने-गुडाउने सबै खालको मिश्रणले बनाइएको ५ किलोमिटरको ट्रयाक निर्माण गर्न झन्डै ३ महिना भन्दा बढी समय लागेको आयोजकले बताएका छन् । 

चैत्र २३ गते छनौट खेल खेलाएर २५ जना मेन ओपन इलाइट खेलाडी छनौट गरिएको थियो । यस्तै, महिलातर्फ ७ जना, ३०+ ओपन मास्टर्समा ७ जना खेलाडीलाई फाइनल खेल खेलाइएको थियो । 

महिलातर्फ ललितपुरकी बर्षा बस्नेत र पुरुष–ओपन इलाइटमा काठमाडौका राजेश मगरले उपाधि हात पारेका छन् । त्यस्तै गरि महिलातर्फ दोश्रो मन्दिरा भण्डारी र पोखराकी सुरक्षा केसीले तेस्रो स्थान हासिल गरिन् ।

पुरुष–ओपन इलाइटमा दोश्रो हुने अन्जित बुढाथोकी थिए भने तेस्रो हुने आशुतोष धोन्जु थिए ।

ओपन ३०+ मास्टर्समा राज शाहीले पहिलो स्थान लिए । दोश्रो हुनेमा बिकास श्रेष्ठ र तेस्रो हुनेमा अजित बराल थिए ।

पुरुषतर्फ ओपन इलाइटलाई विजेताले क्रमशः १ लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए भने महिलातर्फ विजेता ललितपुरकी बर्षा बस्नेतले १ लाख ५० हजार रुपैयाँ हात पारेकी थिईन् । 

उपसभामुख ईन्दिरा रानाले हरियो झन्डाले सङ्केत गरेर फाइनल खेलको सुरुवात गरेकी थिईन् । 

नेपाल अटो मोबाइलस एसोसिएसन (नासा नेपाल), अन्तराष्ट्रिय नियमक संस्था एफआईए, प्रदेश खेल्कुद परिषदसँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको हो । 

Loading ad...
LiNing Ad
#मोटो ईन्डुरो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

नेम्वाङमाथि कर छलीको आरोप

नेम्वाङमाथि कर छलीको आरोप

घाइते भए एकिटिके

घाइते भए एकिटिके

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित