• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
शशांक, जसलाई पञ्जाबले किनेको थियो गल्तीले
खेलपाटी संवाददाता
शुक्रबार, चैत २३, २०८० खेलपाटी संवाददाता
शशांक, जसलाई पञ्जाबले किनेको थियो गल्तीले

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ खेलमा गुजरात जाइन्ट्सले दिएको २०० रनको लक्ष्य पछ्याइरहेको पञ्जाब किंग्स एक समय ४–७० को स्थितिमा थियो।

८.४ ओभर सकिँदा उसका स्टार खेलाडी शिखर धावन, जोनी बेयरस्टो, प्रभसिमरन सिंह र सैम करन आउट भइसकेका थिए।

त्यतिखेर धेरैलाई लागिसकेको थियो पञ्जाब बढीमा ९० रन बनाएर अलआउट हुन्छ र सहजै गुजरातले खेल जित्छ। तर, छैटौँ नम्बरमा कृजमा उत्रिएका ३२ वर्षीय शशांक सिंहले खेलको रूपरेखा नै परिवर्तन गर्दिए। 

स्टार खेलाडी पेभिलियन फर्किसकेको अवस्थामा उनले २९ बलमा ६ चौका र ४ छक्कासहित अविजित ६१ रनको इनिङ्स खेले। एक बल बाँकी रहँदा टोलीलाई ३ विकेटको जित दिलाए। उत्कृष्ट प्रदर्शनका गरेसँगै उनलाई ‘प्लेयर अफ द म्याच’को अवार्डसमेत प्रदान गरिएको थियो।

शशांकले यसअघि पञ्जाबका लागि रोयल च्यालेन्जर बेंग्लुरूविरुद्ध पनि महत्त्वपूर्ण इनिङ्स खेलेका थिए। शशांक त्यही ब्याट्सम्यान हुन्, जसलाई आईपीएल अक्सनमा पञ्जाबले गल्तीले किनेको थियो। 

छत्तीसगढका ब्याट्सम्यान शशांकको नाम अक्सनमा राखिएको थियो। तर, अन्य कुनै टोलीले उनलाई किन्न चासो देखाएनन्। यसैबीच, पञ्जाबका मालिक प्रीति जिन्टा र नेस वाडियाले उनलाई आधार मूल्यमा किन्न ‘पेडल’ उठाए। 

३२ वर्षीय खेलाडीलाई पञ्जाबले आधार मूल्यमा मात्रै टोलीको हिस्सा बनाएको थियो। अक्सनमा १९ वर्षका अर्का शशांक सिंह थिए। केही समयपछि पञ्जाबले आफूले किनेको खेलाडी अर्को रहेको पत्तो पायो। 

उनीहरू यसबारे जानकारी गराए र खेलाडी फिर्ता गर्न माग गरे। तर, नियमअनुसार अक्सनमा बेचिएको खेलाडी फिर्ता नहुने भएकाले पञ्जाबले शशांकलाई चित्त दुखाई दुखाइ आफ्नो टोलीमा समावेश गर्नुपरेको थियो।

पछि यो कुरालाई लिएर सामाजिक सञ्जालमा पञ्जबको खुब ट्रोल भयो। त्यसपछि पञ्जाबले ‘एक्स’मा पोस्ट राख्दै यसको खण्डन पनि गर्‍यो। उसले लेख्यो– शशांकलाई किनेर सन्तुष्ट छौँ।

तीनै शशांक आईपीएल अक्सनमा भएको आफ्नो अपमान बिर्सेर ‘फ्लोर टू अर्श’मा आएका छन्। शशांकको जन्म छत्तीसगढको भिलाईमा भएको थियो। उनका बुबा आईपीएस अधिकारी हुन्। जसका कारण शशांक बाल्यकालमा धेरै ठाउँमा बसाइ सरिरहन्थे। जब उनका बुबा जबलपुरमा नियुक्त भए, उनी पहिलोपटक क्रिकेट एकेडेमीमा भर्ना भए र खेल्न थाले।

त्यसपछि शशांक मुम्बई पुगे। त्यहाँ पुगेको केही समयपछि क्रिकेट सजिलो खेल नभएको उनले महसुस गर्न थाले। त्यसपछि छत्तीसगढ फर्किएर खेती किसानीमा रमाउन थाले। सन् २०१५ मा उनले मुम्बईबाट सैय्यद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीमा खेल्ने मौका पाए।

तर, ब्याटिङका ​​साथसाथै अफ स्पिन बलिङ गर्ने शशांकले ४ सिजनमा मुम्बईका लागि मात्रै १५ टी–२० र तीन लिस्ट ‘ए’ खेल्ने मौका पाए। यसबाट उनी निकै निराश भए। टोलीभित्र र बाहिर भइरहने भएको कारण उनी छत्तीसगढ नै फर्किए। २०१८–१९ सिजनमा उनले पुडुचेरीका लागि एउटा लिस्ट ‘ए’ खेल पनि खेले।

छत्तीसगढ गएपछि शशांकले थप अवसर पाउन थाले। उनले प्रथम श्रेणीमा डेब्यू गर्ने मौका पनि पाए। सन् २०२३ मा उनले विजय हजारे ट्रफीमा १५० भन्दा बढी रन बनाए र ५ विकेट लिए। यो सफलता हात पार्ने उनी पहिलो भारतीय क्रिकेटर हुन्।

लिस्ट ‘ए’ का ३० खेलमा शशांकले ४१ को औसत र ११० को स्ट्राइक रेटमा ९८६ रन बनाएका छन्। उनले २१ प्रथम श्रेणीमा ८५८ रन बनाएका छन्। ५९ टी–२० मा १४१ को स्ट्राइक रेटमा ८१५ रन बनाएका छन्। यसबाहेक उनको नाममा ६० विकेट पनि छ।

शशांक आईपीएल २०१७ मा दिल्लीको टोलीमा थिए। त्यसपछि सन् २०१९ देखि २०२१ सम्म राजस्थान रोयल्ससँग रहे। उनलाई दुवै टोलीले खेल्ने मौका भने दिएनन्। 

सन् २०२२ को आईपीएलमा उनी सनराइजर्स हैदराबादमा आबद्ध भए। उनले लोकी फर्गुसनविरुद्ध ह्याट्रिक छक्का प्रहार गरे। आईपीएलका ९ इनिङ्समा शशांकले १७४ को स्ट्राइक रेटमा १६० रन बनाएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP