• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मुस्ताफिजुरबिनाको चेन्नई, बलिङमा धार नलागेको हैदराबाद
खेलपाटी संवाददाता
शुक्रबार, चैत २३, २०८० खेलपाटी संवाददाता
मुस्ताफिजुरबिनाको चेन्नई, बलिङमा धार नलागेको हैदराबाद

काठमाडौँ। तीव्र गतिका बलर मुस्ताफिजुर रहमानको अनुपस्थितिमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार सनराइजर्स हैदराबादको सामना गर्दैछ।

अन्तिम खेलमा दिल्ली क्यापिटलसँग २० रनले पराजित भएपछि चेन्नईको टोली विजयी लयमा फर्किने लक्ष्यमा हुने छ।

चेन्नईका कप्तान ऋतुराज गायकवाडले पछिल्लो खेलमा हारपछि बोल्दै धेरै लामो प्रतियोगिता भएको भन्दै प्रदर्शनमा उतारचढाव आउने बताएका थिए।

चेन्नईले शुरूका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो। रोयल च्यालेन्जर बेंगलुरूलाई उद्घाटन खेलमा ६ विकेटले पराजित गरेको चेन्नईले दोस्रो खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हराएको थियो। 

तर, तेस्रो खेलमा भने चेन्नईले उक्त लय समात्न सकेन। १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्रै बनाएको थियो।

यस खेलका कप्तान ऋतुराज र उनका ओपनिङ पार्टनर रचिन रवीन्द्र दिल्लीविरुद्ध चल्न सकेका थिएनन्। उनीहरूलाई खालिल अहमदले पेभिलियन फर्काएका थिए।

क्रिकेट प्रेमीहरू महेन्द्रसिंह धोनीलाई आठौँ नम्बरमा ब्याटिङ गरेको हेर्न चाहन्थे। उनले अन्तिममा आफ्नो पुरानो फिनिसर फर्म  देखाएर १६ बलमा ३७ रन बनाएका थिए।

शिवम दुबे र समीर रिजवीले फिनिसरको भूमिका निर्वाह गरिरहेको कारण यसअघिका दुई खेलमा धोनी ब्याटिङमा उत्रिन परेको थिएनन्। तर, दिल्लीविरुद्धको खेलमा भने दुबेले १८ रन बनाउँदा समीर गोल्डेन डकआउट हुन पुगे।

अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपका लागि भिसा प्रक्रिया पूरा गर्न मुस्तफिजुर बंगलादेश फर्केपछि बलिङमा चेन्नईले कम्बिनेसनमा विचार गर्नुपर्ने छ।

बंगलादेशका यी बायाँ हाते तीव्र गतिका बलर र श्रीलंकाका माथीशा पाथिरानाको जोडीले चेन्नईका लागि राम्रो प्रदर्शन गरिरहेका थिए। 

मुस्तफिजुरले ३ खेलमा १५.१४ को औसत र ८.८३ को इकोनोमीमा ७ विकेट लिएका थिए। बैंगलुरूविरुद्ध आफ्नो पहिलो खेलमा उनले ४ विकेट लिए। आईपीएल २०२४ को अक्सनमा बिक्री भएका उनी एक मात्र बंगलादेशी क्रिकेटर हुन्। 

मुस्तफिजुरको स्थानमा मुकेश चौधरीलाई टोलीमा समावेश गरिएको छ भने शार्दूल ठाकुरले एक खेल पनि खेलेका छैनन् । अर्कोतर्फ हैदराबादलाई घरेलु मैदानमा जित हासिल गर्ने मौका हुनेछ। 

मुम्बई इन्डियन्सविरुद्धको दोस्रो खेलमा हैदराबादका ब्याट्सम्यानले आईपीएलको इतिहासमै सर्वाधिक रन (२७७) बनाएका थिए। तर, ओपनर मयंक अग्रवालले अहिलेसम्म आफ्नो लय समात्न सकेका छैनन् । 

कोलकाता नाइट राइडर्ससँग राम्रो प्रदर्शन गर्दागर्दै ४ रनले पराजित भएको हैदराबादका ब्याट्सम्यान गुजरात टाइटन्सविरुद्ध भने चल्न सकेका थिएनन्।

अब्दुल समद र अभिषेक शर्माले २९/२९ रन बनाउँदा हेनरिक क्लासेन २४, शाहबाज अहमद २२, ट्राभिस हेड १९, एडेन मार्कराम १७ र मयंक अग्रवाल १६ रनमा आउट भएका थिए।

बलिङमा जयदेव उनादकट, मयंक मार्कण्डेय र भुवनेश्वर कुमार महँगा साबित भएका थिए।  जयदेवले ३.१ ओभर बलिङ गर्दै १०.४२ को इकोनोमीमा ३३ रन खर्चिएका थिए।

मयंकले ११ को इकोनोमीमा ३३ र भुवनेश्वरले ६.७५ को इकोनोमीमा २७ रन खर्चिएका थिए। मयंकले एक विकेट हात पारेका थिए।

भुवनेश्वरले नयाँ बलमा आफ्नो लय समात्न सकेका छैनन्। उनले ३ खेलमा मात्र ३ विकेट लिएका छन्। कप्तान प्याट कमिन्सले प्रतिओभर ८ का दरले रन खर्चेका छन्। तर, उनलाई अर्को एन्डबाट साथ दिने बलरको अभाव खड्किएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP