काठमाडौँ। केड कार्माइकलको अर्धशतकप्रेरित आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’लाई १५७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो।
आयरल्यान्डका कार्माइकलले सर्वाधिक ५१ रनको इनिङ्स खेले। ७७ बल खेलेका उनले ४ चौका प्रहार गरे।
कप्तान निल रक ३९,पिटर मूर २१, जेम्स म्याकमुलम १२ र स्टेफिन डोहेनी १२ रनमा आएट हुँदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ६.३ ओभर बलिङ गरेका उनले १ मेडनसहित २१ रन खर्चिए।
साहब आलम र श्याम ढकालले २/२ विकेट लिँदा रिजन ढकालको नाममा १ विकेट रह्यो।