काठमाडौँ। पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको पहिलो एक दिवसीय शृंखलामा नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएका हुन्।
नेपाल ‘ए’ले यसअघि आयरल्यान्ड उल्भ्ससँग तीन खेलको टी–२० शृंखला खेलेको थियो।
पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। २२२ रनको लक्ष्य पछ्याएको नेपालले २०१ रन मात्रै बनाएको थियो।
दोस्रो खेलमा पनि नेपालले २२५ रनको विशाल लक्ष्य पाएको थियो। तर, नेपालले १८४ रन मात्रै बनाउन सक्यो। र, ४० रनले पराजित भयो।
सोमबार सम्पन्न तेस्रो खेलमा भने नेपाल पाहुना टोली आयरल्यान्डलाई ३ रनले पराजित गर्दै शृंखलामा क्लिन स्वीप हुन जोगिएको थियो।
नेपाली टोली
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, भीम सार्की, आरिफ शेख, देव खनाल, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमलसिंह ऐरी, श्याम ढकाल (मौसम)