बेंगलुरूलाई १८२ रनको लक्ष्य
मंगलबार, चैत २०, २०८०खेलपाटी संवाददाता

काठमाडौँ। क्विन्टन डि काकको अर्धशतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरूलाई १८२ रनको लक्ष्य दिएको छ।
एन चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो।
लखनउका डि काकले सर्वाधिक ८१ रन बनाए। ५६ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरे।
मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा अविजित रहे।
बेंगलुरूका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजको नाममा १/१ विकेट रह्यो।










-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)




