धनगढीमा यू–२१ राष्ट्रिय खो खो हुने
मंगलबार, चैत २०, २०८०खेलपाटी संवाददाता
काठमाडौँ। यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल खो खो संघको आयोजनमा सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाउनेछ। यस प्रतियोगितामा २४ जना प्रशिक्षक र २० जना निर्णायक पनि संलग्न हुनेछन्।
प्रतियोगिताको च्याम्पियनले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। यसैगरी उपविजेता टिम ३० हजार र तेस्रो हुने टिम २० हजार रुपैयाँको हकदार बन्नेछ। प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ।
नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए।







-1762154705887.png&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)