काठमाडौँ। बेन स्टोक्सले जुनमा हुने टी–२० विश्वकप नखेल्ने भएका छन्। स्टोक्सले आफ्नो नाम फिर्ता लिएको इङ्ग्ल्यान्ड क्रिकेट टिम व्यवस्थापनले जनाएको छ।
स्टोक्स २०२२ को विश्वकप विजेता टोलीको हिस्सा थिए। प्रतियोगिताको फाइनलमा पाकिस्तानविरुद्ध उनले अर्धशतक प्रहार गर्दै टोलीलाई ५ विकेटको जित दिलाएका थिए। स्टोक्सले २०२२ को टी–२० विश्वकपपछि एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।
इङ्ल्यान्ड क्रिकेट बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा स्टोक्सले क्रिकेटका सबै फर्म्याटमा अलराउन्डरका रूपमा फर्कनका लागि आफ्नो बलिङ फिटनेसमा मिहिनेत गरिरहेको बताएको छ।
'आईपीएल र विश्वकपबाट बाहिरिने निर्णयले मलाई भविष्यमा राम्रो अलराउन्डर बन्न मद्दत गर्ने भन्ने आशावादी छु,' उनले भनेका छन्।
आईसीसी टी–२० विश्वकप जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकाका ९ मा हुँदैछ।