आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

आर्मीका दिपेशलाई हराउँदै सुदूरका बालजी फाइनलमा

शुक्रबार, १६ चैत्र २०८०खेलपाटी संवाददाता
आर्मीका दिपेशलाई हराउँदै सुदूरका बालजी फाइनलमा
Classic Tech Internet Ad

काठमाडौँ। सुदूरपश्चिमका बालाजी रावल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीका दिपेश लामालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगितामा पुरुष ८० केजीमा रावलले आर्मीका लामालाई पराजित गरेका हुन्।

यस्तै, यही तौल समूहमा कर्णालीका मनोज तामाङले बागमतीका पासाङ शेर्पालाई हराएर उपाधिनजिक पुगेका छन्। महिला ५० केजीमा लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बागमती प्रदेशकी रमिशा श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् 

सुष्माले कर्णाली प्रदेशकी अस्मिता दुवाल तथा रमिशाले नेपाल आर्मीकी आरती बम्जनलाई पराजित गरे। महिला ५४ केजीमा बागमतीकी रक्षा जिसीले गण्डकी प्रदेशकी सोनिया बडुवाल तथा नेपाल प्रहरीकी अन्जली तेलीले आर्मीकी लालुमाया खत्री क्षेत्रीलाई हराउदै फाइनलमा पुगे। 

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले प्रहरीकी निशा तामाङ तथा कोशी प्रदेशकी नारिका राईले लुम्बिनी प्रदेशकी ललिता बस्नेतलाई पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे। 

महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले कोशीकी जोनु लिम्बू तथा एपीएफकी संगिता सुनारले बागमतीकी नतिशा राना मगरलाई पन्छ्याउदै फाइनलमा स्थान बनाए।

महिला ६६ केजीमा आर्मीकी निरु गुरुङले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरी तथा एपीएफकी विनिता थापा मगरले कर्णालीकी अस्मिता चन्दको चुनौती पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे। महिला ७५ केजीमा एपीएफकी सरस्वती रानाले लुम्बिनीकी जुनमाया थारु तथा आर्मीकी तृषा जबेगुले कर्णालीकी शिलु महर्जनमाथि जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरे।

पुरुष ५१ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले बागमतीका लालप्रसाद उप्रेती र मधेश प्रदेशका रविन थापाले आर्मीका विमल घर्ती मगर, ५७ केजीमा कर्णालीका सुलभ मालीले प्रहरीका निकेश देशार र आर्मीका प्रेम चौधरीले बागमतीका निराजन मोक्तान, ६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले गण्डकीका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगरले लुम्बिनीका अनिलकुमार पुन तथा ७१ केजीमा एपीएफका विक्रम चौधरीले बागमतीका अश्विन धिरन श्रेष्ठ र आर्मीका दानबहादुर दर्लामी मगरले सुदूरपश्चिमका भरत चन्दलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे।

९२ केजीमुनि एपीएफका रविन नेपालले गण्डकीका किरण विक र आर्मीका महेन्द्र केसीले बागमतीका प्रदीप तामाङलाई हराउँदै फाइनलमा पुगे। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

Bajaj Pulsar Motorcycle Ad
सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक