कोशी सरकारद्वारा खेलाडी र प्रशिक्षक सम्मानित

इलाम। खेलकुद विकास बोर्ड कोशी प्रदेशले अन्तर्राष्ट्रिय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ।
धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र करातेका खेलाडी र प्रशिक्षकगरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा चीनमा सम्पन्न १९औँ एशियाली खेलकुदमा कबड्डीमा काँस्य पदक हासिल गर्न सफल कप्तान मेनुका राजवंशीसहित इशा राई, अनुजा कुलुङ राई, प्रशिक्षक पार्वती राई रहेका छन्। त्यस्तै, सोही प्रतियोगितामा १९ रजत पदक दिलाएका करातेका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको छ।
उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नगद २ लाखसहित सम्मान गरे।
बोर्डले मलेसियामा सम्पन्न तेक्वान्दो च्याम्पियन्सिपमा स्वर्ण र रजत पदक विजेता सजिना तामाङलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।
त्यस्तै, साउदी अरबमा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा उपविजेता हुँदा नेपाली टोलीमा रहेका कोशी प्रदेशका खेलाडीसहित प्रशिक्षक गरी ८ जनालाई सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा सहायक प्रशिक्षक श्याम मानन्धर, कप्तान अञ्जिला तुम्बापो सुब्बा, सविता रानामगर, अमिशा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत र प्रिती राई रहेका छन्। जनही २५ हजार रुपैयाँसहित उनीहरूलाई सम्मान गरिएको थियो।
सम्मानपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् भूमिका निर्वाह गरेको बताए। आगामी दिनमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले बताए।
कार्यक्रममा बोर्डका सदस्यसचिव हंशराज वाग्लेले सीमित कर्मचारीबाट धेरै समय बोर्ड धान्न समस्या हुने बताउँदै प्रदेश सरकारसमक्ष कर्मचारी नियुक्त गर्न माग गरे










-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)




