सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोशी सरकारद्वारा खेलाडी र प्रशिक्षक सम्मानित

मंगलबार, १३ चैत्र २०८०नमीन ढकाल
कोशी सरकारद्वारा खेलाडी र प्रशिक्षक सम्मानित
Loading ad...
mustang rice ad

इलाम। खेलकुद विकास बोर्ड कोशी प्रदेशले अन्तर्राष्ट्रिय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। 

धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र करातेका खेलाडी र प्रशिक्षकगरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो। 

सम्मानित हुनेहरूमा चीनमा सम्पन्न १९औँ एशियाली खेलकुदमा कबड्डीमा काँस्य पदक हासिल गर्न सफल कप्तान मेनुका राजवंशीसहित इशा राई, अनुजा कुलुङ राई, प्रशिक्षक पार्वती राई रहेका छन्। त्यस्तै, सोही प्रतियोगितामा १९ रजत पदक दिलाएका करातेका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको छ। 

उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नगद २ लाखसहित सम्मान गरे।  

बोर्डले मलेसियामा सम्पन्न तेक्वान्दो च्याम्पियन्सिपमा स्वर्ण र रजत पदक विजेता सजिना तामाङलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।

त्यस्तै, साउदी अरबमा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा उपविजेता हुँदा नेपाली टोलीमा रहेका कोशी प्रदेशका खेलाडीसहित प्रशिक्षक गरी ८ जनालाई सम्मान गरिएको छ। 

सम्मानित हुनेहरूमा सहायक प्रशिक्षक श्याम मानन्धर, कप्तान अञ्जिला तुम्बापो सुब्बा, सविता रानामगर, अमिशा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत र प्रिती राई रहेका छन्। जनही २५ हजार रुपैयाँसहित उनीहरूलाई सम्मान गरिएको थियो।

सम्मानपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् भूमिका निर्वाह गरेको बताए। आगामी दिनमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले बताए।

कार्यक्रममा बोर्डका सदस्यसचिव हंशराज वाग्लेले सीमित कर्मचारीबाट धेरै समय बोर्ड धान्न समस्या हुने बताउँदै प्रदेश सरकारसमक्ष कर्मचारी नियुक्त गर्न माग गरे

Loading ad...
LiNing Ad
#कोशी सरकार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल